चेल्सीको स्वामित्व हस्तान्तरण

२०७९ जेष्ठ १७ गते, मंगलवार

काठमाडौं । इंग्लिस प्रिमियर क्लब चेल्सीको स्वामित्व हस्तान्तरण पूरा भएको छ । चेल्सीका रुसी मालिक रोमन अब्राहिमोभिच बेलायत सरकारबाट प्रतिबन्धमा परेपछि क्लब संकटमा परेको थियो । यसैलाई कानुनी बाटोबाट टुंग्याउने प्रक्रिया सोमबार राति सकिएको हो । रोमनले २००४ मा चेल्सी किनेका थिए ।
अमेरिकी धनाढ्य टोड बोहली र उनको नेतृत्वमा रहेको क्लियरलेक क्यापिटल कन्सोर्टियमले आधिकारिक रुपमा चेल्सी फुटबल क्लब किनेको छ । धनाढ्य बोहलीले ४ अर्ब २५ करोड पाउण्डमा इंग्लिस क्लब चेल्सी किनेका हुन् । चेल्सी किनेपछि बोहलीले क्लबको संरक्षक बन्न पाउँदा सम्मानित महसुस गरेको बताएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु