महिला टि-२० क्रिकेट : नेपाल र युगान्डाबीच प्रतिस्पर्धा हुँदै

२०७९ जेष्ठ ७ गते, शनिबार

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज पाँचौं तथा अन्तिम टि-२० अन्तराष्ट्रिय खेलमा पाहुना टोली युगान्डाविरुद्ध प्रतिस्पर्धा गर्ने भएकाे छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले युगान्डाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपाल र युगान्डाबीचको खेल शनिबार दिउँसो १ बजे सुरु हुनेछ । नेपाल र युगान्डाका लागि अन्तिम खेल प्रतिष्ठाको लडाईको रुपमा रहेको छ । किनकी सिरिज युगान्डाले यसअघि नै आफ्नो बनाईसकेको छ । तर, दुवै टोली अन्तिम खेलमा जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्ने योजनामा रहेका छन् । पाँच खेलको सिरिजमा युगान्डा ३–१ ले अघि रहेको छ । नेपाल शनिबार युगान्डालाई हराएर सिरिज ३–२ को स्थितिमा सकाउन चाहन्छ । युगान्डाले सुरुआती तीन खेलमा लगातार नेपाललाई हराएको थियो ।
नेपालले चौंथो खेलमा भने युगान्डालाई १५ रनले हराएको थियो । सिरिजमा पहिलो जित निकालेको थियो । पहिलो पटक घरेलु मैदानमा सिरिज खेलिरहेको नेपालले पहिलो खेलमा १२ रनको, दोस्रो खेलमा १ विकेटको र तेस्रो खेलमा ६ विकेटको हार व्यहोरेको थियो।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु