‘ देश र जनताको निम्ति संघर्षमा डटि रहन्छौ ‘

२०७९ जेष्ठ ६ गते, शुक्रबार


काठमाडौं । नेपाल कम्युनिष्ट पाटीको केन्द्रीय सदस्य तथा कालिकोटस्थित रास्कोट नगरपालिका प्रमुखको स्वतन्त्र उमेदवार धिरेन्द्राकुमारी उपाध्याय ‘ भृकुटी ‘ ले विद्यमान संसदीय व्यवस्थामा जनताका असल प्रतिनिधिहरूले सहभागिता जनाउन त सक्छन्‌ तर अपवाद बाहेक प्राय: पुँजी हाम्रो देशको सन्दर्भमा दलाल पुँजीका असल प्रतिनिधिहरू जो यति बेला एमसीसीको नयाँ सन्दर्भ सहित आए मात्र सफल हुन सक्छन्‌ भन्ने सच्याई फेरि पनि पुनः पुष्टि भएको ठोकुवा गरेकी छन । गत वैशाख ३० गते भएको स्थानिय तहको अन्तिम नतिजापछि विज्ञप्ति जारी गर्दै उनले भनेकी छन –”पुरानो संसदीय दलाल पुँजीवादी व्यवस्थाको भन्डाफोर गर्ने र नयाँ बैज्ञानिक समाजवादी व्यवस्थाका लागि जनमत तयार गर्ने संघषको एक मोर्चाको रूपमा स्थानीय चुनाव प्रयोगको कार्यनीति जनतासँग जोडिएर प्रभावकारी ढंगले अगाडि बढेको छ । हामी हाम्रो पार्टीसँगै देश र जनताको निम्ति संघर्षमा डटिरहने प्रतिबद्धता व्यक्त गर्दछौं ।”
यस बिषयमा नेपाल कम्युनिष्ट पाटीको केन्द्रीय सदस्य तथा कालिकोटस्थित रास्कोट नगरपालिका प्रमुखको स्वतन्त्र उमेदवार धिरेन्द्राकुमारी उपाध्याय ‘ भृकुटी ‘ ले जारी गरेको विज्ञप्ति यस प्रकार रहेको छ – “आदरणीय न्यायप्रेमी आमा, बुवा, दाजुभाइ तथा दिदीबहिनी, नेपाल कम्युनिस्ट पार्टीले २०5९ को स्थानीय निर्वाचनलाई कार्यनीतिको रूपमा प्रयोग गर्ने नीति अन्तरगत हामीलाई स्वतन्त्र उम्मेदवारीको रूपमा पठाएको थियो ।
छोटो समयको तयारीमा पनि रास्कोट वासी जनसमुदाय, आमा, बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूले सम्पूर्ण स्वतन्त्र उम्मेदवारहरूलाई निस्वार्थ मतदान गर्नुभयो यसप्रति हार्दिक आभार सहित धन्यवाद ज्ञापन व्यक्त गर्दछौं । जसले विभिन्न समस्याको कारण अहिले नै मतदान गर्न सक्नु भएन तर हाम्रो पार्टी र हामीप्रति व्यापक मात्रामा सकारात्मक धारणा र सहानुभूति प्रर्कट गर्नुभयो, साथै देश विदेशबाट सम्झिने, शुभेच्छा राख्ने, समर्थक शुभचिन्तक र सम्पूर्ण आफन्तजनहरूमा हार्दिक कृतज्ञता प्रर्कट गर्दछौं ।
बिधमान संसदीय व्यवस्थामा जनताका असल प्रतिनिधिहरूले सहभागिता जनाउन त सक्छन्‌ तर अपवाद बाहेक प्राय: पुँजी हाम्रो देशको सन्दर्भमा दलाल पुँजी-का असल प्रतिनिधिहरू जो यति बेला एमसीसीको नयाँ सन्दर्भ सहित आए – मात्र सफल हुन सक्छन्‌ भन्ने सच्याई फेरि पनि पुनः पुष्टि भएको छ । पैसा र रक्सीको खोला बगाएर गरिने र जितिने चुनावले सिङ्गो समाजलाई गलत दिशातिर धकेल्ने र भ्रष्टाचारका लागि
नयाँ आधार मात्र दिनेछ भन्ने सत्य पनि स्पष्ट नै छ । त्यसैले पुरानो संसदीय दलाल पुँजीवादी व्यवस्थाको भन्डाफोर गर्ने र नयाँ बैज्ञानिक समाजवादी व्यवस्थाका लागि जनमत तयार गर्ने संघषको एक मोर्चाको रूपमा स्थानीय चुनाव प्रयोगको कार्यनीति जनतासँग जोडिएर प्रभावकारी ढंगले अगाडि बढेको छ । हामी हाम्रो पार्टीसँगै देश र जनताको निम्ति संघर्षमा डटिरहने प्रतिबद्धता व्यक्त गर्दछौं ।”

प्रतिक्रियाहरु