शिक्षक कर्मचारीको पोशाक परिवर्तन

२०७९ जेष्ठ ६ गते, शुक्रबार


काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक कर्मचारीको पोशाक परिवर्तन गरेको छ । केन्द्रले शुक्रबार एक सूचना जारी गर्दै कर्मचारीको पोशाक परिवर्तन गरिएको जनाएको छ । विद्यालयमा कार्यरत शिक्षक कर्मचरीहरुको हाल प्रचलनमा रहेको पोशाक परिवर्तन गर्न नेपाल शिक्षक महासंघबाट अनुरोध भएकाले पोशाक(ड्रेस कोड) परिवर्तन गरिएको सूचनामा उल्लेख छ । मन्त्रालयले तोकिएको पोशाक चालु शैक्षिक सत्रभित्र कार्यान्वयन गर्न समेत अनुरोध गरेको छ । परिवर्तन भएका पोशाकमा गाढा खैरो रङको सुट(कोट,पेन्ट्स) , हल्का निलो रङको शर्ट(कमिज) महिला र पुरुष दुवैले प्रयोग गर्न मिल्ने भनि सूचनामा उल्लेख गरिएको छ । यसैगरी, मौसम अनुसार गाढा खैरो रङको ज्याकेट, कलेजी रङको स्वेटर र कालो रङको जुत्ता महिला तथा पुरुष दुवैले प्रयोग गर्न मिल्ने सूचनामा उल्लेख छ ।
साडी, व्लाउज, कुर्ता सुरुवालमा परिवर्तन नगरिएको सूचनामा जनाइएको छ । पोशाकको नमुना नेपाल शिक्षक महासंघबाट प्राप्त गर्न सकिने सुचनामा उल्लेख छ ।

प्रतिक्रियाहरु