अखिल (क्रान्तिकारी)द्वारा बलात्कृत किशोरीको न्यायको लागि प्रदर्शन

२०७९ जेष्ठ ६ गते, शुक्रबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) छात्रा विभागले बलात्कृत किशोरीको न्यायको लागि आज माइतीघरमा विरोध प्रदर्शन गरेको छ । उक्त विरोध कार्यक्रममा छात्र छात्राहरुले ‘हामी चुप बस्दैनौ’, ‘जस्टिस फर सुस्मिता’, ‘सुस्मितालाई न्याय दे’ लेखेका प्ले कार्ड बोकेर प्रर्दशनमा उत्रिएका थिए । युवती आफैले आफु ८ वर्ष अघि फोटोग्राफर लगायतले आफुलाई बलात्कार गरेको भिडियोमार्फत जानकारी गराएकी थिइन् ।

प्रतिक्रियाहरु