तेस्रो टी–ट्वान्टी क्रिकेट खेल : नेपाल र युगाण्डा भिड्दै

२०७९ जेष्ठ ५ गते, बिहीबार

काठमाडौं । आज नेपाल र युगाण्डाको महिला क्रिकेट टोलीबीचको तेस्रा टी–ट्वान्टी क्रिकेट म्याच हुँदैछ । किर्तीपुरस्थित टियु क्रिकेट मैदानमा हुने यो खेल जित्दै नेपाल ५ खेलको श्रृंखला जोगाउन चाहन्छ । दिउँसो १ बजे सुरु हुने यो खेल हारेको अवस्थामा नेपालले श्रृंखला गुमाउनेछ ।

यसअघिका दुई खेल गुमाईसकेको नेपाल श्रृंखलामा २–० ले पछि परेको छ । पहिलो खेलमा युगान्डाले नेपाललाई १२ रनले हराएको थियो भने दोस्रो खेलमा नेपाल १ विकेटले पराजित भएको थियो । घरेलु टोली नेपालले श्रृंखलामा सोचे अनुसारको प्रदर्शन गर्न सकिरहेको छैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु