फिनल्याण्ड र स्वीडेनकाे नेटोमा आवद्ध हुने प्रयासमा टर्की बाधक

२०७९ जेष्ठ ३ गते, मंगलवार

काठमाडौं । फिन्ल्याण्ड र स्वीडेनको नेटोमा आवद्ध हुने प्रयासमा टर्की बाधक बन्ने देखिएको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले ती दुई राष्ट्रले नेटोमा सामेल हुन गरेको अपील आफूहरुलाई मान्य नहुने बताउनुभएको हो । ३० सदस्यी संन्य गठबन्धन नेटोमा टर्की यसअघि नैं सदस्य रहेको छ । तर फिनल्याण्ड र स्विडेनले सदस्यताको अपिल गर्दा भने टर्की रुष्ट बनेको छ । यी दुई देशले टर्कीले चाहेका केही कुर्दीश पृथक्तावादी नेताहरुलाई आश्रय दिईरहेको उसको आरोप छ । रुसले भने रुसी नेतृत्वमा रहेको सैन्य गठबन्धनलाई पश्चिमा विरुद्ध एकजुट हुन आग्रह गरेको छ । युक्रेन र रुसबीचको युद्ध ३ महिना पूरा हुन लाग्दा पनि रुसले युक्रेनमाथि लगातार आक्रमण गर्दै आएको छ। उता, युक्रेनको महत्वपूर्ण शहर मारियुपाेलको स्टील कारखानामा फसेका २६४ जना युक्रेनी सेनाको उद्धार गरिएको छ । ती मध्ये ५३ जना घाइते अवस्थामा रहेका छन् । युक्रेनको रक्षा मन्त्रालयका अनुसार उद्धार गरिएका २११ जनालाई युक्रेनको ओलेनिभ र घाइते ५३ जनालाई नोभोआजो भस्क शहरमा लगिएको छ ।
अझै केही सैनिक मारियुपाेलको स्टील कारखानामामा बाँकी रहेको र उनीहरुको पनि छिट्टै उद्धार गरिने युक्रेनी रक्षा मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरु