अरुण–४ जलबिद्युत आयोजना निर्माणका लागि नेपाल र भारतबीच संझौता

२०७९ जेष्ठ ३ गते, मंगलवार

काठमाडौं । संखुवासभास्थित अरुण–४ अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि सोमबार नेपाल र भारतबीच संझौता भएको छ । बुद्ध जयन्तीका अवसरमा १ दिने नेपाल भ्रमणमा आज लुम्बिनी आउनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा अरुण–४ संयूक्त रुपमा निर्माण गर्न नेपाल विद्युत प्राधिकरण र भारतको केन्द्रीय सरकार तथा हिमाञ्चल प्रदेश सरकारको संयुक्त उपक्रम सतलज जलविद्युत निगमबीच सम्झौता (एमओयू) भएको हो । संझौता पत्रमा नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तथा सतलजका अध्यक्ष नन्दलाल शर्माले हस्ताक्षर गर्नु भयो । प्रधानमन्त्री देउवा गत चैतमा भारत भ्रमणका जानु भएका बेला दुबै देशका प्रधानमन्त्री बीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने संयुक्त दृष्टिकोण पत्रबमोजिम यो संझौता भएको हो ।
सोही बमोजिम अब दुबै देशका सरकारी स्वामित्वका संस्थाहरुको संयुक्त लगानीमा अरुण–४ को निर्माण कार्य अगाडी बढाउन लागिएको हो । आयोजनाको अनुमानित लागत करिब ७९ अर्ब १२ करोड रुपैयाँ छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु