गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलवाट व्यावसायिक उडान सुरु

२०७९ जेष्ठ २ गते, सोमबार

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलवाट अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुरु भएको छ । कुवेतबाट आएको जजिराको जेजेड आर ५४५ एयरवस ए ३२०–२३३ विमानले सोमबार बिहान ७ बजे १७४ यात्रु लिएर उडान भरेको हो । विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । यसअघि बुधबार भारतको दिल्लीबाट अन्तर्राष्ट्रिय विमानको रुपमा भारतीय सेनाले उडान गरेको थियो । सो विमानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण लक्षित सुरक्षा अधिकारी, सुरक्षा सामाग्री र बुलेट प्रुफ कार ल्याएको थियो । साताको ३ दिन जजिरा एयरलाईन्स नियमित उडान गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
जजिरा एयरलाईन्स सोमबार, बुधबार र शुक्रबार सातामा ३ दिन राति पौने २ बजे भैरहवामा अवतरण गर्ने र सोही राति अढाई बजे फिर्ता हुने तालिका छ । अहिले जजिराले १ सय ७५ जना क्षमता रहेको न्यारो बडी एयरबस ३२० भैरहवा ल्याएको छ । जुलाईदेखि जजीराले दैनिक उडान भर्ने विमानस्थल प्रशासनले जानकारी दिएको छ ।
सन् २०१४ मा विमानस्थल आयोजना सुरु भएको थियो । करिब १० अर्बको लागतमा निर्माण सम्पन्न विमानस्थलमा ५८ करोड लागतको उपकरण जडित छ । पूर्वाधारको काम अझै बाँकी रहेको र यसलाई बिस्तारै बढाउँदै लैजाने बताइएको छ ।
पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान नागरिक उड्डयनको लागि ऐतिहासिक क्षण रहेको नेपाल नागरिक उड्डयनका महानिर्देशक प्रदीप अधिकारीले बताएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार