‘पेट्रोलियम पदार्थको मुल्यबृद्धि तत्काल खारेज गर’

२०७९ जेष्ठ १ गते, आईतवार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थमा बढाएको मुल्यबृद्धि तत्काल खारेज गर्न जाेडदार माग गरेको छ । सो संगठनका अध्यक्ष प्रकाश शाहीले आज ५८ औँ विद्यार्थी दिवसको शुभकामना र पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध वक्तव्य जारी गर्दै मुल्यबृद्धि खारेज गर्न माग जाेडदार माग गरेका हुन् । उनले आफ्नाे संगठनको आग्रहलाई बेवास्ता गरिए देशव्यापी कडा संघर्षमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिएका छन ।

प्रतिक्रियाहरु