कालीकोटको सबै पालिकामा मतदान सम्पन्न

२०७९ बैशाख ३१ गते, शनिबार

काठमाडौं । कालीकोटको सबै पालिकामा मतदान सम्पन्न भएको छ । बिगतमा नेपाल कम्युनिस्ट पार्टी ले निर्वाचन बहिष्कारको नितिलिदा निर्वाचनमा बिभिन्न बाधा बिरोध आउने गरेकोमा यस पटक नेकपाले निर्वाचन प्रयोग गर्ने नीति लिएर आफ्नो पार्टीको उम्मेदवार खडा गरेसगै निर्वाचन सहज ढगले सम्पन्न भएको बताइएको छ।
कालिकोटमा यस पटकको स्थानीय निर्वाचनमा नेकपाका केन्द्रीय सदस्यदेखि पूर्व संविधानसभा सदस्यहरूले समेत स्था स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। कालीकोटको नरहरीनाथ गाउँपालिका अध्यक्षमा एटम बीसी र उपाध्यक्षमा कलशा बिकले उम्मेदवारी दर्ता गराएका छन् भने रास्कोट नगरपालिकामा धिरान्दा उपाध्याय र उपप्रमुखमा फुलटौरा बिकले उम्मेदवारी दर्ता गराएका छन्। कालिकोट नेकपाका प्रवक्ता प्रकाण्डको गृह जिल्ला हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु