नेता अनिलबिरुद्ध गलत प्रचार : नेकपाद्वारा भ्रममा नपर्न आग्रह

२०७९ बैशाख २९ गते, बिहीबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय कार्यालयले हालै जनआस्था अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर पार्टीका केन्द्रीय सदस्य अनिल शर्माको नाम जोडेर विभिन्न सामाजिक संंजालहरुमा गरिएको भ्रमपूर्ण टिकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय कार्यालय सचिव विजयले आज एक प्रेस विज्ञप्ती जारी गरी केन्द्रीय सदस्य अनिल जनआस्था पत्रिका र अनलाइनको कुनै पनि जिम्मेवारीमा नरहेको जान्दाजान्दै पनि अनावश्यक र नियोजित रुपमा जोडेर गरिएको त्यस किसिमको गलत प्रचारवाजीको खण्डन गरेका छन् । साथै त्यस किसिमका आधारहीन विषय सम्प्रेषण नगर्न सम्बन्धित सबैमा विज्ञप्तीमार्फत आग्रह गरेका छन् । विज्ञप्तीमा भनिएको छ, ‘हाम्रो पार्टी यस्ता कुनै पनि गलत प्रचारबाट भ्रममा नपर्न समेत सबैमा हार्दिक अनुरोध गर्दछ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु