नेता कञ्चन नेकपानिकट अखिल (क्रान्तिकारी)का अध्यक्ष प्रकाश शाहीको जिम्मामा रिहा

२०७९ बैशाख २९ गते, बिहीबार


काठमाडौं । प्रहरी गिरफ्तारीमा परेका कसु (कञ्चन र सुदर्शन )समुहका नेता कञ्चन नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)का अध्यक्ष प्रकाश शाहीको जिम्मामा रिहा भएका छन । नेपाल कम्युनिस्ट पार्टीले पदमुक्त गरेपछि पार्टी फुटाएका कसु (कञ्चन र सुदर्शन ) समुहका नेता कञ्चनलाई प्रहरीले आज बिहानै दाङको भालुबाङबाट षड्यन्त्रपूर्वक गिरफ्तार गरेको थियो । उनि सुर्खेत जाँदै गर्दा आज बिहान ४ बजे दाङको भालुवाङबाट पक्राउ परेका थिए । स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने हेतुले अघि बढिरहेको बेला कञ्चन समुहले निर्वाचनकाे विरोध रणनीति लिएकाे र निर्वाचन असफल बनाउन विभिन्न कार्यक्रम पनि गर्ने भनेपछि उनीमाथि निगरानी बढाउनु परेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

उपनिर्वाचन : मौन अवधि सुरु

२०८१ बैशाख १३ गते, बिहीबार