बैद्यको बेइमानी : बाहिर बहिष्कार , भित्र प्रयोग !

२०७९ बैशाख २७ गते, मंगलवार

काठमाडौं । मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले आसन्न स्थानीय निर्वाचन बहिष्कारको नीति अगाल्दै निर्वाचन बहिष्कार अभियान अगाडी बढाई रहेको छ । यसक्रममा उक्त पार्टीका कयौ नेता – कार्यकर्ता गिरफ्तार भै प्रहरी हिरासतमा समेत परेका छन। बाहिर निर्वाचन बहिष्कारको नारा अगाडी सारेको उक्त पार्टीले भित्र भित्रै भने ब्यापकरुपमा स्थानीय निकायको निर्वाचनमा उम्मेदवार खडा गरेर निर्वाचनमा भाग लिएको स्रोतले बताएको छ। स्रोतका अनुसार उदयपुरको त्रियुगा नगरपालिकामा बैद्य समुहकी पुर्व केन्द्रय सदस्य अम्बिका रेग्मी मेयर पदमा प्रत्यासी छन। उनि बैद्य समुहको महिला संगठनको उपाध्यक्ष हुन्। उनलाई नेकपाले समेत समर्थन गरेको नेकपा उदयपुरका इन्चार्ज बिबेकले बताएका छन।
यसैगरी , त्रियुगाको उपमेयरमा नेकपाले रामकृष्ण सदालाई उठाएको छ। उनलाई बैद्य समुहको समर्थन रहेको बताइएको छ ।
यता , बैद्य समुहले गुल्मीको सत्यवती गाउपालिकामा सत्तारुढ गठबन्धनमा समाबेश भएर उपाध्यक्षमा तेजकुमारी थापालाई उठाएको छ। उनको चुनाब चिन्ह रुख रहेको छ।
यता, रुपन्देहीको मायादेबी गाउपालिकाको अध्यक्षमा बैद्य समुहवाट ज्ञानबहादुर कवरले उम्मेद्वारी दर्ता गरेका छन भने कन्चन गाउपालिकाको वडा न ४को वडाध्यक्षमा गिरबहादुर थापाले उम्मेद्वारी दिएका छन ।
त्यसैगरी , बाग्लुङ्गको जयमुनी नपा ७ मा बैद्य समुहवाट सुजन ढुंगाना वडाध्यक्षमा प्रत्यासी रहेका छन। उनको चुनाब चिन्ह कैची रहेको बताइएको छ। त्यसैगरी , बैद्य समुहका सल्लाहकार समितिका सभापति डा ओम गुरुङको गाउँ ताराखोला गाउपालिका १ मा थाम बहादुर गुरुङ अध्यक्ष सहित पुरै प्यानलमा उम्मेद्वारी दिएका छन ।
यता , मकवानपुरको हेटौडा उप- महानागर्पालिकामा बैद्य समुहका मकवानपुर इन्चार्ज सागर उप्रेतीको श्रीमती बबिता आचार्य मेयर पदको प्रत्यासी रहेकी छन। उनलाई नेकपाको समर्थन रहेको नेकपाका सेक्रेटरी वाटरले बताए ।
यता , काभ्रेमा बैद्य समुहका बिष्णु गौतमले नेपाली कांग्रेससंग गठबन्धन गरेर वडा सदस्यमा उम्मेद्वारी दिएका छन भने नान्ग्रेगगर्चेमा बैद्य समुहका प्रधान थरका कार्यकर्तासहितले उम्मेद्वारी दिएको बताइएको छ।

प्रतिक्रियाहरु