स्थानीय निर्वाचन : रणनीतिक भ्रम र विचलन

२०७९ बैशाख २६ गते, सोमबार
सन्तोष बुढा मगर



नेपाल कम्युनिष्ट पार्टीको १२ औं केन्द्रीय समितिको बैठक र यसपछिका दिनहरुमा चुनावको विषयलाई लिएर वितन्दता मच्चाइरहेका दुई जना कमरेडहरु कमरेड सुदर्शन र कञ्चनले अन्ततः पार्टी विभाजन गर्ने दुष्कर्मसम्म पुगेका छन् । अनुशासन, विधि–विधान र बैठकको निर्णय विपरित गएर मनपरि (Uncontrolled) ढंगले वितण्डता मच्चाउँदै हिडेपछि वहाँहरुलाई अनुशासनको कार्वाही गरिएको थियो । धेरै साथीहरुको अपेक्षा र सुझाव थियो — “वहाँहरुलाई अन्तिमसम्म सुध्रिने प्रयास गरौं ।” हेडक्वाटरबाट महासचिवले धैर्यताका साथ अन्तिमसम्म वहाँहरुलाई कार्यालय बोलाइरहनु भयो । काठ्माण्डौंमा २÷२ पटक बोलाएर त्यसो नगर्न र बैठकको निर्णय र पार्टी नीति, विधि र अनुशासनमा बसेर काम गर्न अनुरोध गर्नु भयो । तर वहाँहरुले पदको दुरुपयोग गर्दै बाहिर–बाहिर अनर्गल प्रचार–भ्रम फैलाउनु भयो । पार्टी नेतृत्वप्रति अनास्था जगाउने र अविश्वास फैलाउने हर्कत गरिहनु भयो । नभएनभएका आरोपहरु लगाएर बाहिरका मिडियाहरुमा अन्तरवार्ता दिने, लेखहरु लेख्दै हिँड्दनु भयो । पार्टी पद्धतिबाहिर गएर अनाधिकृत रुपले बक्तव्यवाजी गर्दै समानान्तर हेडक्वाटर चलाउदै समानान्तर गतिविधि बढाउनु भयो । त्यहि गर्दा पनि वहाँहरुलाई बैशाख १४ विहान दुवै जनालाई फोन मार्फत कार्यालय आउन र छलफल गर्न बोलाउनु भयो तर वहाँहरुले आपूmले जे गरेका छन् सहि नै गरेको रं सल्लाहबाटै गरेको बताउँदै “अव तपाईले के गर्ने गर्नुस” भनेपछि हेड्क्वाटरले वहाँहरु दुवै जनालाई बैशाख १४ गते अनिश्चित कालका लागि सवै पदहरुबाट मुक्त गरेको” गरेको थियो । यसपछि पनि सो कुकर्मलाई अगाडि बढाउँदै ३ जना पूर्ण केन्द्रीय सदस्य र ६ जना वैकल्पिक १०÷११ जना केन्द्रीय सदस्य तथा ११ ओटा जिल्लाका जिल्ला सचिवसहित पार्टी र जवसका केही असन्तुष्टहरु र प्रतिवन्धकालदेखि निश्क्रिय रहेका, कार्वाहीमा परेका, केही घुसपैठिया शंकास्पद ब्यक्तिहरुलाई जुटाएर चितवन भरतपुरमा (१) एमसीसीको दिजाइनमा, (२) माकेको प्रायोजनमा (३) चितवन भरतपुर नपाका निवर्तमान मेयर हाल पनि मेयरका उमेदवार प्रचण्डपुत्री रेणु दहालको व्यवस्थापनमा यहि बैशाख २०—२२ गतेसम्म कथित राष्ट्रिय भेला (राष्ट्रिय मेला) को आयोजना गरेर पार्टी विभाजनको नाटक मञ्चन गरे । यसले आन्तरिक रुपमा केही असर नपार्ने भए पनि दुश्मनको दिजाइनमा गरिएको यो प्रायोजित घटनाले बाहिरी रुपमा आम सर्वहारा वर्ग, पार्टी पंक्ति, कार्यकर्ता र क्रान्तिका समर्थक, शुभचिन्तक जनतामा ठूलो प्रचार भ्रम पारेको छ साथै सि¨ो आन्दोलनमा नकारात्क प्रभाव पर्न गएको छ । यो वहाँहरुको फुटपरस्त र गुटवादी विचलनको परिणाम हो ।
उनीहरुको पार्टी फुटाउने निर्णयले निम्न कुराहरुलाई उजागर गर्दछ —
 पहिलो — सवैको आशाको केन्द्र बनेको र भरोसा गरेको पार्टी नेपाल कम्युनिष्ट पार्टीलाई विभाजनको नाटक गरेर जनता, कार्यकर्ता र सर्वहारा वर्गको आशालाई निरासामा र आमूल परिपवर्तनको अपेक्षालाई कठराघात गर्ने काम गरेको छ ।
 दोस्रो — नेपाली क्रान्ति सिध्याउन क्रान्तिको एउटा नेतृत्वदायी शक्ति बनेको नेकपा र यसका नेतृत्वमाथि आक्रमण गर्ने र सिध्याउने योजनामा साधक बन्न पुगेको छ ।
 तेस्रो — क्रान्तिकारी कार्यदिशाको रुपमा स्थापित एकीकृत जनक्रान्तिलाई कमजोर पार्ने र यसप्रतिको जनविश्वास धुमिल्याउने काम गरेको छ ।
 चौथो — एउटा ढंगले अगाडि बढेको र जनतामा स्थापित भएको एकीकृत जनक्रान्तिलाई विभाजित गरी क्रान्ति भाँड्ने काम भएको छ ।
 पाचौं — एमसीसी विरोधी आन्दोलन कमजोर बन्न गएको छ र घुमाउरो ढंगले एमसीसीको सहयोगी अंंग बन्न पुगेको छ ।
 छैटौं — टुट–फुट र विभाजनबाट गुज्रेको नेपाली कम्युनिष्ट आन्दोलनको विरासतमा नयाँ श्रुँखला थपेको छ र जनताको एकताको चाहाना र भावनामा अर्को धोखागढी बन्न पुगेको छ ।
 सातौंं ः यो फुटवादी र गुटवादी निर्णयले स्पष्ट रुपमा साम्राज्यवादको गोटी र क्रान्ति विरोधी भरपर्दो साधन बन्न पुगेको छ ।
 आठौं ः एमसीसी विरोधी आन्दोलनको नेतृत्व गर्दै आइरहेको र अझ यसलाई राष्ट्र र अन्तराष्ट्रव्यापी बनाउने अभियानलाई भाँडेको छ । यसले यो गुट कुनै न कुनै रुपबाट एमसीसीबाट परिचालित भएको र यसको व्याकग्राउण्डमा एमसीसी छ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।
वहाँहरुले लगाउँदै आएका निम्न प्रकारका भ्रम र आरोपहरुले पनि यस कुरालाई पुष्टि गर्दछ । जस्तै,
 महासचिव अल्पमतमा परेको,
 हामीलाई पटक पटक ‘जाउ निस्क’ भनिएको,
 निषेधात्मक द्वन्द्ववाद लागु गरेको,
 हामीसंग छलफलै गर्न नमानेको,
 पार्टी निर्णय विना बंगला ठड्याएको,
 हामी जेलमा हुँदा गरिएको ३ बूँदे सहमतिमै आशंका रहेको,
 ‘एकीकृत जनक्रान्ति’ सारसंग्रहवादी भएको,
 अमुक व्यक्तिको नाममा सयौं विघा जमिन किनेको,
 कपिलवस्तुमै सवै संरचनाहरु केन्द्रीत गरेको,
 मलाई पार्टीभित्रैबाट गिरफ्तार गराइएको (सुदर्शन),
 चुनावमा गएर महासचिव संसदवादमा फस्न पुगेको,
 पार्टी र क्रान्ति खत्तम पारेको,
 चुनावमा जानु भनेको सहिदहरुको अपमान भएको,
 चुनाव कार्यनीतिक विषय नभएर रणनीतिक विषय भएको, आदिआदि ।
यी आरोपहरुले के स्पष्ट पार्दछन् भने वैठक र प्रस्तावले वहाँहरुको दिमाग क्रमभ¨ भएको छैन । वहाँहरुको दिमाग पत्थर जस्तो बनेको छ जो गतिशील र लचकतामा छैन । वहाँहरुले यो प्रस्तावलाई निरन्तरतामा क्रमभ¨ गरेर अगाडि बढ्ने गतिशीलता देख्नु भएको छैन कि बरु यसलाई केवल देथ हिष्ट्री (मृत इतिहास)को रुपमा देखिरहनु भएको छ । इतिहासका मृतपक्ष, नकारात्मक इतिहासलाई मात्र झलझली देखिरहनु भएको छ । यसको सबल र सफल पक्षप्रति एक नजर पनि लगाउन सक्नु भएको छैन । यसको मुख्य कारण वहाँहरुको चुनावलाई हेर्ने अधिभूतवादी र संसदवादी सोच हो । संसदवादी सोचले चुनावलाई जहिले पनि रणनीति मात्र देख्दछ । जसका कारण वहाँहरु चुनावलाई फर्केर पनि हेर्न चाहानु हुन्न तर यो अधिभूतवादी सोचले संसदवादीहरु र यसका दिजाइनरहरुको पुच्छर बनेर गइरहेको वहाँहरुलाई पत्तै छैन । यसको कारण वहाँहरु (१) क्रान्तिप्रति भ्रम सिर्जना गर्ने, (२) जनता र कार्यकर्तालाई क्रान्तिकारी पार्टी र नेतृत्वप्रति अविश्वास पैदा गरिदिने, (३) सर्वहारा वर्गलाई निरास बनाउने र टुक्र्याउने (४) अन्तमा “फुटाउ र राज गर” को पुँजीवादी साम्राज्यवादी दिजाइनको बाबुराम–प्रचण्डको श्रृँखलामा एक आयाम थप्दै नयाँ गोटी बन्नु । यो भन्दा अरु उदाहारण के हुन सक्छ र ?
यी लगायत कयौं पारिवारिक र प्राविधिक बिषयहरु उठाएर कार्यकर्ता र जनतामा महासचिव र पार्टी, क्रान्ति र नेतृत्वप्रति अनास्था जगाउने, अविश्वास पैदा गर्ने, नेतृत्वलाई बदनाम गर्ने, खुइल्याउने र आफूप्रति रहेको आशंका, अविश्वास र गल्ती कमजोरीको ढाकछोप गर्न खोज्ने नियोजित अभिष्ट पुरा गर्ने नियति रहेको छ । यी सवै आधारहीन छन् । यस्ता आरोपको कुनै जवाफ छैन ।
एकाध आरोपहरुले वहाँहरुमा पथविचलन भएको देखाउँछ, कतिपय आरोपले आफैलाई संगठनात्मक अराजकता र विधिपद्धतिमा नितान्त काचा वा लेनिनले भन्नु भए जस्तै बामपन्थी बालरोग देखा पर्छ । यो सिधै अराजकतावाद हो । अन्य आरोपहरु नितान्त प्राविधिक र कपोकल्पित, भावनात्मक, विशुद्ध भावनामा खेल्ने प्रकारको छ । धेरै काचा, असन्तुष्ट र महत्वाकाँक्षी प्रवृत्ति भएका भाईहरुलाई पद र प्रतिस्ठाको लोभ देखाएर संख्या देखाउन खोजेकाछन् । केही इमान्दार भाई बैनीहरु भ्रमबस पनि गएका छन् । वहाँहरुले यो कुरा बुझ्दै जाने छन् । वहाँहरु प्रचण्डपथको ढङ्ढ¨ीबाट उम्कन सकेका छैनन् । यी आरोपहरु निराधार र प्रायोजित छन् । जसकोे जवाफ दिइरहन जरुरी छैन ।
जहाँसम्म चुनावी कार्यनीतिको प्रश्न छ — चुनाव एउटा कार्यनीति मात्र हो । चुनावलाई रणनीति कि कार्यनीति बनाउने भन्ने प्रश्नमा नै वहाँहरुमा विचलन देखा परेको छ । चुनाव जनताको सरोकारसंग गाँसिएको एक राजनैतिक मामिला हो । पुँजीवादीहरुले यसलाई डेमोक्रेसीको जामा पहिराएर प्रचार गर्ने गर्दछन् । त्यसकारणले पनि जनतामा यसको एउटा भ्रम छ र जनता यसमा जानिदो वा नजानिदो ढंगले तानिन्छन् । लेनिनले रुसी क्रान्तिको दौरानमा दुमामा १९०६, ७ र १२ मा गरी एक पटक बहिस्कार गर्नु भयो, दुई पटक भाग लिनु भयो । सायद लेनिनले चुनावलाई रणनीति बनाउनु भएको भए कि सधैभरि उपयोग मात्रै गरिरहनु हुन्नथ्यो होला कि त बहिस्कारै बहिस्कार गर्नु हुन्थ्यो होला । कहिले भाग लिने र कहिले बहिस्कार गर्ने लेनिनवादी सिद्धान्तले चुनावलाई नितान्त कार्यनीतिको रुपमा अवलम्बन गरेको पाइन्छ । सिद्धान्तमा दृढ र अविचलित रहेर कार्यनीतिलाई सहि ढंग प्रयोग गरेकाले नै लेनिन यसमा सफल प्रयोगकर्ता बन्नु भयो । अरु लेनिन नहुनुको पछडि चुनावलाई रणनीति बनाएकै कारण हो । कसैले कार्यनीतिलाइ्र्र रणनीति बुझ्ने वा बनाउने, कसैले रणनीतिलाई कार्यनीति बनाउने वा बुझ्ने बुझाई र सोच–चिन्तनको समस्या कम्युनिष्ट आन्दोलनको मूल समस्या हो । हाम्रा मेन्सेभिकहरु (जसले नाम बोल्सेभिक राखेका छन्) का पनि समस्या ठ्याक्कै यहि हो । रुसमा मेन्सेभिकहरुले जसरी इस्क्रालाई कब्जा गरेर लेनिनलाई भित्रैबाट हाने । हाम्रो पनि रातो खबरलाई इस्क्रा बनाएर नेतृत्वप्रति र क्रान्तिप्रति हाने । लेनिनले मेन्सेभिकहरुलाई इस्क्रावादी भन्नु भयो हाम्रोमा पनि रातो खबरवादीहरु त्यही इस्क्रावादीहरुको नवसंस्करण बने । लेनिनले चुनावलाई कार्यनीतिक सवाल भएकोले नै परिस्थिति अनुसार दुबै तरिकालाई क्रान्तिको हितमा प्रयोग गर्नु भयो । मेन्सेभिकहरुले रणनीति बनाएकाले सधैंभरि चुनावमा भाग लिन पुगे । हाम्रा मेन्सेभिकहरु चुनावलाई रणनीति बनाएकाले निर्पेक्ष बहिस्स्कारको पक्षमा गए । चुनावलाई रणनीति बनाउनुकै परिणाम अलग पार्टी बनाउन पुगे । त्यसैले उनीहरुमा देखिएको समस्या ‘सोच, चिन्तन र दृष्टिकोणमा आएको विचलनको समस्या’ भएको स्पष्ट देख्न सकिन्छ ।
नेपालमा चुनावलाई रणनीति बनाएर निर्पेक्ष चुनावमा गएका जति कहिल्यै क्रान्तिमा फर्केनन् । चुनावलाई रणनीति बनाएकनिर्पेक्ष बहियो उनीहरुको समस्या हो । चुनावलाई रणनीति बनाएर चुनावमा भाग लिन गएका माके, एमाले, मालेले कहिल्यै क्रान्तिमा फर्केनन् । अर्कोतिर चुनावलाई रणनीति बनाएर निर्पेक्ष बहिस्कार गर्ने नेकपा मसाल÷एमवी र किरणले पनि कहिल्यै क्रान्ति गरेनन् । जहिले पनि क्रान्तिकै विरुद्ध उभिरहे । यी दुवै सोच र प्रबृत्ति अन्ततः संसदवादकै शिकार बने । नेपालीे कम्युनिष्ट आन्दोलनमा दुई विपरित अधिभूतवादी जडसूत्रवाद क्रान्तिकारीहरुका लागि बहिस्कार गर्ने कि उपयोग गर्ने भन्ने विषयमा जीवन्त सन्दर्भ सामग्री (च्भाभचभलअभक) हुन् । त्यसैले निर्पेक्ष वहिस्कार र निर्पेक्ष भाग लिने दुबै सोच संसदवाद हो । माक्र्सले भन्नु भएको “ठोस परिस्थितिको ठोस विश्लेषण” यहि कार्यनीतिको संश्लेषण हो । आफूलाई सर्वज्ञाता ठान्ने “दार्शनिक” तथा “विद्वान” कमरेडहरुππले यति कुरा थाहा नभएको पक्कै होइन । थाहा पाइपाइ गरिने र अँगाल्ने विचार र सोच विचलनभन्दा अरु केही होइन । यहि कारण स्पष्ट छ वहाँहरु बैचारिक विचलन आएको कारण नै त्यो ठाउँमा पुग्नु भएको हो ।
एक ताका चौथो महाधिवेशनमा पनि मोहनविक्रम र निर्मल लामा बीच पनि चुनावको विषयमा निकै चर्को विवाद भयो । वहाँहरुमा देखा परेको समस्या पनि दुबै जनाले चुनावलाई रणनीतिको रुपमा अवलम्बन गर्नु नै थियो । यसै सोचको परिणाम नै निर्मल लामाले चुनावलाई निर्पेक्ष भाग लिने कुरा गर्नु भयो । मोनविक्रमले निर्पेक्ष बहिस्कार गर्ने कुरा गर्नु भयो । यो घटना दुवै निर्पेक्षवादी भएर पनि एक पक्ष भाग लिने र अर्को पक्ष बहिस्कार गर्ने भए । यसैको परिणाम वहाँहरु आ–आफ्नो रणनीतिमा अदिग रहँदा पार्टी विभाजनमा गयो । हाम्रो कुरा रणनीति र कार्यनीतिमा प¥यो । वहाँहरुले रणनीति बनाउँदा चुनावमा जानु गलत देख्नु भयो । हाम्रो कुरा कार्यनीति भएकोले तल्कालिक हिसावले क्रान्तिलाई फाइदा हुने हदसम्म उपयोग गर्ने भन्ने भयो । यसैमा फरक भयो । त्यसैले यो दृष्टिकोणमा भएको अन्तर हो । विचारमा आएको अन्तर हो ।
कुन घटनाक्रमलाई कसरी लिने कार्यनीति कि रणनीति भन्ने कुरा राजनैतिक कार्यदिशाले निर्धारण गर्दछ । मोहनविक्रमको कार्यदिशा अमूर्त सशस्त्र संघर्षको कार्यदिशा थियो भने निर्मल लामाको जनविद्रोह र शहर कब्जा गर्ने थियो । तत्कालिक हिसावले सशस्त्र संघर्षले बहिस्कारको माग गर्दछ र शहरी आन्दोलनले उपयोगतिर लैजान्छ । वहाँहरुमा पनि यो निर्पेक्षतावादी सोचले काम गरेको थियो । प्रचण्डले दीर्घकालिन जनयुद्धको कार्यदिशा ल्यायो । यो वहाँहरुभन्दा अलि मूर्त थियो । त्यसैले यसले शुरुमा जनयुद्धको जनाधार तयार पार्न क्रान्तिकारी उपयोगको कार्यनीति अपनायो चुनावलाई । जव यसको करिव तीन बर्षपछि जनयुद्धको अन्तिम तयारीका लागि फेरी बहिस्कार गर्ने नीति अवलम्बन ग¥यो । यो फौजी तयारीसंग सम्बन्धित थियो । यी दुवै प्रयोगहरु जनयुद्धका तयारीमा जनाधार तयार पार्न र मिलिट्यान्ट शक्ति तयार पार्न र परीक्षण गर्नका लागि थिए । यी जनयुद्धमा प्रयोग भएका कार्यनीतिहरु थिए । यी कार्यनीतिहरु तत्कालिक हिसावले सहि नै थिए । यसवेला चुनावलाई रणनीति बनाएको भए उपयोगपछि उपयोगै उपयोग हुन्थ्यो होला । त्यसबेला पनि लामा पक्ष निर्पेक्ष चुनावादी अर्थात चुनावलाई रणनीति बनाएको कारण यसरी नै सुदर्शन÷कञ्चनहरुले जस्तै निहुँ खोजी बाहिरएको थियो । लामा जीहरुले पनि यसरी नै पार्टीभित्रका सूचनाहरु सवै बाहिर लैजाने र भित्री योजनाहरु सबै भटाभु¨ पार्ने काम सचेतापूर्वक गर्नु भएको थियो । त्यस कारणले शुरुमा लामा जीलाई कार्वाही गरिएको थियो । त्यसपछि लामाको पक्षमा बक्तव्यवाजी गरेर पार्टी बैठक बहिस्कार गर्ने ७ जनालाई निस्कासन गरेको थियो ।
आज हाम्रो सन्दर्भमा पनि इस्युको हिसावले ठ्याक्कै लामाहरुको जस्तै सन्दर्भ मिलेको छ । परिस्थिति फरक छ । समय र परिस्थिति अलग तर सोच चिन्तन र इस्यु उही बनेको छ । हाम्रा अखवारबादी मेन्सेभिक साथीहरुले पनि पार्टीभित्रको सूचना बाहिर लैजाने लामा शैली र सूचना बाहिर दिएर बाहिरबाट भित्रनेतृत्वलाई घेराबन्दी गर्ने बाबुराम भट्टराई शैली अपनाउनु भएको छ । फरक लामाले थाहा नपाउने गरी दिन्थे भने हाम्रा ”लामाहरु”ले खुलेयाम दिने गरेकाछन् । बाबुरामले घुमाएर, छिपाएर दिन्थे भने हाम्रा “बाबुरामहरु” सिधैसिधै दिइरहेका छन् । सायद यो हिजोको र आजको जमाना, विज्ञान र प्रविधिको विकास र त्यसको प्रयोगले फरक हुन गएको हुन सक्छ । त्यसैले इतिहास दोहोरिन्छ तर जस्तातस्तै दोहोरिदैन । इस्यूहरु दोहोरिन्छन् तर भिन्नै रुपमा दोहोरिन्छन् । जस्तो कि मोहनविक्रमको पालामा र प्रचण्डको पालामा लामा दुई पटक चुनाव भाग लिने पक्षमा भएको कारणले कार्वाहीमा परे । अहिले हाम्रा मेन्सेभिक साथीहरु स्थानीय निर्वाचन बहिस्कार गर्ने इस्युमा गरेको वितन्दतावादी, विसर्जनवादी अराजकता मच्चाएकाले कार्वाहीमा परे । एघार जनाले अर्को पार्टी बनाएको नाटक गर्न पुगे । यो फुटपवादी अराजकता हो । यदि पार्टी अलग गर्ने सोच नै थियो भने महासचिव कमरेरडले वहाँहरुले बाहिर लाजमर्दो एउटा कम्युनिष्ट नेताले नगर्ने कार्य गरिरहँदा र पार्टीभित्रको वहाँहरुको गतिविधि हेर्दा भित्र बस्न नसक्ने देखेपछि पटक पटक बिनम्रता र सौहाद्रताका साथ भन्नु भएको छ कि हाँसी हासी हात मिलाएर जानुस, फूलमाला लगाएर विदाई गर्ने नयाँ कल्चर बसालौं । यो किन तयार नभएको ? आखिर उछिटो काड्नै पर्ने, लागीगलौज र आरोप प्रत्यारोप लगाउनै पर्ने । यो केपी प्रचण्डपथ हो ।
अन्तमा कतिपय कमरेडहरुले पार्टी फुट्यो भनेर दुख मनाउ गर्नु भएको छ । कतिपय कमरेडहरुले यो घटनालाई आकस्मिक घटना भन्नु भएको छ । तर सत्य कुरा के हो भने पार्टी नफुट्नु पर्ने हो फुटीहाल्यो । घटना घटिसकेपछि दुःख पीर मानेर के गर्ने ? बेहोर्नै पर्छ । कतिपय मामिलामा नचाहँदा नचाहँदै पनि यसस्ता घटनाहरु बेहोर्नु पर्दो रहेछ । सामना गर्ने कुरा नै क्रान्तिकारीहरुको अगाडिको चुनौति हो । सामना गरौं किन कि यो क्रान्ति हो । क्रान्तिमा कोही असाध्यै नजिक कमरेडका कमरेडलाई दुश्मनका गोलीले आफ्नै अगाडि ढलेको छ । छोडेर जानु परेको छ । कोही असाध्यै आदर्शको कमरेडलाई छोडेर आउनु परेको छ । यति बेला पनि एउटा घटना दोहोरियो । केही साथीहरु पार्टी छोडेर हिड्नु भयो । चुला छुटाउनु भयो । बेहोर्नै पर्छ यो पनि सायद आन्दोलनको एउटा स्वभाविक शुद्धिकरण हो । यस्ता घटनाहरु घटिरहन्छन् तर कुनै पनि घटनाहरु आकस्मिक चाहिँ हुँदैनन् । कुनै पनि साना वा ठूला घटनाक्रमहरुको आदि र अन्त्य हुन्छ । सवै घटनाक्रमहरुको मात्रात्मक र गुणात्मक विकासका नियम हुन्छन् । धेरैले घटनाक्रमले गुणात्मक रुप लिएपछि मात्र देख्ने गर्दछन् । एकै चोटी बम विस्फोट भए जस्तो पार्टी फुट्दैन । बम विस्फोट हुनलाई बम निर्माण गर्नेदेखि विछ्याउने सम्मका सयौं मात्रात्मक कदमहरु चाल्नु परेजस्तै पार्टी फुटाउनेका पनि सासाना सयौं कदमहरुपछि मात्र यो संभव हुन्छ । हाम्रा मेन्सेभिक साथीहरु पनि भित्रभित्र यस्ता कयौं हर्कत गरे जो धेरैले थाहा पाएनन् । हामीले पनि यी शंकास्पद गतिविधिहरु हेर्दा हेर्दै पनि यो तहसम्म साथीहरु नजालान भन्ने लागिरहेको थियो । सायद मुख्य लीडरशीपले यी गतिविधिहरु थाहा पाएर नै होला वहाँहरुलाई पछिल्ला सचिवालयका बैठकहरुमा सैद्धान्तिकरण गर्दै यदि विचार मिलेन भने एकै ठाउँमा बसिरहनु पर्छ भन्ने केही छैन । हाँसीहाँसी हात मिलाएर छुट्टिने कल्चर विकास गरौं । हामी कम्युनिष्टहरुले फुट्ने बेला भँुडी फोराफोर गरेर निस्किने कल्चरलाई बदल्नु पर्ने छ भनिरहनु हुन्थ्यो । प्रचण्डसंगको दुई लाइन संघर्ष अलि लामो थियो । यो करीव ५ बर्ष लामो चल्यो । किरणसंगको दुई लाइन संघर्ष चानचुन एक बर्षको रह्यो । तर अहिले सुदर्शन कमररेडहरुको भित्री तयारी करीव वहाँ जेलबाट निस्केपछि शुरु गरे । भेटघाट र गुटगत तयारी भित्री रुपले गरे । हल्लावाज काठ्माण्डौंको सचिवालय बैठकबाट शुरु गरे र यसको चरण १२ औं केन्द्रीय समितिसम्म रह्यो । केन्द्रीय समिति बैठकपछि बाहिर खुला रुपले छताछुल्ल पार्ने काम गर्नु भयो । यो अन्तरसंघर्षको पराकाष्ठा थियो । यसले दुई लाइनको संघर्षको रुप नलिदै वहाँहरुले अर्को पार्टी बनाउने खेल शुरु गर्नु भयो । यो खेल शुरु भएपछि वहाँहरुलाई कार्वाही गरियो ।
यसरी पार्टी विभाजन हुनुमा वहाँहरुको गंभीर बैचारिक विचलन छ । यो चुनावलाई हेर्ने देष्टिकोण, कार्यदिशालाई बुझ्ने सवाल र पार्टीभित्र अन्तर संघर्ष सञ्चालन गर्ने विधिमा देखिएको छ । अन्ततः यो वहाँहरुको विचलन र गुटगत मानसिकता, राजनैतिक, आर्थिक, साँगठनिक अराजकता, पदीय महत्वाकाँक्षा र केही हदसम्म जातिगत दृष्टिकोण ब्राह्मणवादी दृष्टिकोणले पनि यो ठाउँसम्म पु-याएको छ । जो क्रान्तिका लागि नितान्त घाटक छ ।

-लेखक : नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य हुन् ।

प्रतिक्रियाहरु