कसु (कञ्चन र सुदर्शन ) गुटको कन्तबिजोग !

२०७९ बैशाख २३ गते, शुक्रबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले पदमुक्त गरेपछि पार्टी फुटाउन तम्सिएका कञ्चन र सुदर्शनको कन्तबिजोग भएको छ । आफुहरुसंग बहुमत भएको कोकोहोलो मच्याउदै कसु (कञ्चन र सुदर्शन ) गुटको भेलामा नगन्य केन्द्रिय सदस्यमात्र उपस्थित भएपछि उनीहरुको कान्तबिजोग भएको हो। नेपाल कम्युनिस्ट पार्टीको ६९ जनाको केन्द्रिय सदस्यमध्ये कसु (कञ्चन र सुदर्शन ) गुटको भेलामा १० जनामात्र सहभागी भएका छन । ६९ जना केन्द्रिय सदस्यमध्ये कसु (कञ्चन र सुदर्शन ) गुटको भेलामा नेकपावाट कारबाहीमा परेका सुदर्शन , कन्चन , दिपक चलाउने , गुणराज लोहनीलगायत पूर्ण सिंह , रुपेश , नयन , सरद रसाइली र लालबहादुर बिसिमात्र सहभागी भएका छन ।
पार्टीमा बहुमत भएको कोकोहोलो मच्याउदै कसु (कञ्चन र सुदर्शन ) गुटको भेलामा नगन्य केन्द्रिय सदस्यमात्र उपस्थित भएपछि उनीहरु आम जनतामाझ सर्वाङ्ग भएको नेकपाका एक नेताले बताए । उनले कसु (कञ्चन र सुदर्शन ) गुटले नेपालको क्रान्तिमा गद्दारी गरेको ठोकुवा गर्दै उचित समयमा नेपाली जनताले त्यसको हिसाब किताब खोज्ने दावी गरे ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु