नेकपाका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता : तत्काल बन्दी रिहा र मुद्दा खारेज गर्ने सहमती

२०७९ बैशाख २३ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच बिहिबार साँझ भेटवार्ता भएको छ । उक्त भेटवार्तामा बैशाख दोस्रो साता नै सम्पूर्ण बन्दी रिहा गर्ने र मुद्दाहरु खारेज गर्ने सहमति भएकोमा हालसम्म कार्यान्वयन नभएको बिषयमा छलफल भएको बताइएको छ । गृह मन्त्रालयमा भएको उक्त बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेकपाका बन्दी नेता – कार्यकर्ता रिहा गर्ने र मुद्दाहरु खारेज गर्ने फायल महान्यायाधीवक्ता कार्यालय पठाई सकेको र तुरुन्तै आफूसहित कानुन न्याय तथा संसदीय मामिला मन्त्री महान्यायाधीवक्ता र सम्बद्ध अधिकारीको बैठक बसेर यसको कार्यान्वयन गर्ने बताएका थिए।
२०७७ फाल्गुन २१ गते तत्कालिन के पी ओली नेतृत्वको सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच बीच ३ बुँदे सहमति भएको थियो । जुन सहमति यस प्रकारको थियो –
‘नेपाल सरकार तथा नेपाल कम्युनिष्ट पार्टीबीच निम्नलिखित सहमति भएको छ
१ – दुवै पक्ष (नेपाल सरकार तथा नेपाल कम्युनिष्ट पार्टी, देशको राजनैतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न सहमत भएका छौं ।
२- नैपाल कम्युनिष्ट पार्टी आफना सबै राजनैतिक क्रियाकलापहरु शान्तिपूर्णरुपमा संचालन गर्न सहमत भएको छ ।
३ – नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टी माथि लगाइएको प्रतिबन्ध कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरुको रिहाई र संपूर्ण मुदाहरु गर्न सहमत भएको छ।’

प्रतिक्रियाहरु