भत्किएको भवनकाे अनुसन्धान गर्न राष्ट्रपति सीको निर्देशन

२०७९ बैशाख १९ गते, सोमबार

काठमाडौं । चीनमा भत्किएको भवनकाे अनुसन्धान गर्न राष्ट्रपति सी जिनफिङले निर्देशन दिएका छन । चीनमा ठूलो व्यावसायीक भवन भत्केको घटनासँग सम्बन्धित ९ जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। पक्राउ पर्नेमा भवन मालिकदेखि भवन निर्माणमा संलग्न मजदुरहरू रहेका छन । उनीहरूमाथि भवनको संरचना कमजोर ढंगले निर्माण गरिएको भन्दै लापरवाहीको आरोपमा अनुसन्धान प्रक्रिया अघि बढाइएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । दुर्घटना भए लगत्तै चीनका राष्ट्रपति सी जिनफिङले घटनाका विषयमा अनुसन्धान गर्न निर्देशन दिएका छन । गत शनिबार देशको हुनान प्रान्तमा पर्ने चाङशा सहरमा रहेको भवन भत्किए लगत्तै कम्तीमा २३ जनाको जिवितै उद्धार गरिएको थियो । आठ तले भवनमा होटल, अपार्टमेन्ट, सिनेमा हललगायतका संरचना रहेका थिए ।

प्रतिक्रियाहरु