प्रधानमन्त्री महिन्दा राजपाक्षे पदमुक्त

२०७९ बैशाख १७ गते, शनिबार

काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपाक्षे पदमुक्त भएका छन । श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षेले आफ्ना दाजु महिन्दा राजपाक्षेलाई प्रधानमन्त्रीबाट हटाउन सहमत भएका हुन् । खराब आर्थिक संकटको कारण उत्पन्न राजनीतिक गतिरोध अन्त्य गर्न आफ्ना दाजुलाई प्रधानमन्त्री पदबाट हटाई अन्तरिम सरकार गठन गर्न राष्ट्रपति राजपाक्षे सहमत भएकाे सांसद मैथ्रीपाला सिरिसेनाले बताएका छन ।
पूर्वराष्ट्रपति सिरिसेनाले संसदमा रहेका सबै दललाई समेटेर नयाँ प्रधानमन्त्रीको नाम र मन्त्रिपरिषद् गठन गर्न राष्ट्रिय परिषद नियुक्त गर्न राष्ट्रपति सहमत भएको जानकारी दिएका छन । सर्वदलीय सरकार गठनको विषयमा छलफल गर्न आह्वान गरेकाे बैठकमा असन्तुष्ट पक्षले प्रधानमन्त्रीको उपस्थितिमा सहभागी हुन अस्वीकार समेत गरेका थिए ।
यसअघि, प्रधानमन्त्री बाहेक सबै मन्त्रीले राजीनामा दिएका थिए भने राष्ट्रपतिले पुनः नयाँ मन्त्रीमण्डल गठन गरेका थिए । श्रींलकामा आर्थिक संकट गहिरिँदै गएपछि राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शनहरू चर्किंदै गएको थियो । स्वतन्त्रता भएयताकै सबैभन्दा चरम आर्थिक संकटको सामना गरिरहेको छ । हाल श्रीलंकाले वाह्य ऋण भुक्तानी निलम्बन गरेको र यस वर्ष ७ अर्ब डलर र सन् २०२६ सम्ममा २५ अर्ब डलर विदेशी ऋण तिर्नुपर्नेछ । श्रीलंकाको विदेशी सञ्चिति एक अर्ब डलर भन्दा कम छ । विदेशी मुद्रा अभावले आयात नराम्रोसँग प्रभावित भएको छ । जसका कारणले गर्दा साे ठाउँका मानिसहरू खाद्यान्न, इन्धन, खाना पकाउने ग्याँस र औषधि जस्ता अत्यावश्यक वस्तुहरू किन्न लामो लाइनमा बस्न बाध्य भएका छन् ।

प्रतिक्रियाहरु