‘बुद्धको अमृतमय वचन तथा बौद्ध परम्परा’ नामक पुस्तक सार्वजनिक

२०७८ चैत्र २५ गते, शुक्रबार

काठमाडौं । ‘बुद्धको अमृतमय वचन तथा बौद्ध परम्परा’ नामक पुस्तक सार्वजनिक गरिएको छ । दुङ्जिन लोपेन रिन्पोछे दावा साङ्बोद्वारा लिखित पुस्तकमा बौद्ध धर्म र दर्शनका विविध पक्षहरुलाई समेटिएको छ । पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै इतिहासविद् डा रमेशकुमार ढुंगेल, अनुवादकद्वय पुण्य पराजुली र टीका शेर्पा लगायतले पुस्तक बौद्ध धर्म र दर्शनको बारेमा बुझ्न अत्यन्तै महत्वपूर्ण रहेको बताए ।
पुस्तकमा गौतम बुद्धको संक्षिप्त जीवन लिला, बौद्ध धर्म र दर्शनको महत्व र बौद्ध शिक्षा किन आवश्यक छ लयायतका विषयहरु समेटिएको छ । कोरोना महामारी सुरु भएपछि दैनिक बाह्य गतिविधि ठप्प भएपछि समयको सदुपयोग गर्ने क्रममा पुस्तक लेख्ने विचार आएको लेखक दुङ्जिन लोपेन रिन्पोछे दावा साङ्बोले उल्लेख गरे । करिब २ वर्ष लगाएर सार्वजनिक गरिएको पुस्तक विभिन्न देशहरुमा रहेका बौद्ध अनुयायी दाताहरुको सहयोगमा प्रकाशन गरिएको हो ।
पहिलो चरणमा १० हजार प्रति प्रकाशन गरिएको पुस्तक आवश्यकता अनुसार थप प्रकाशन गरिने बताइएको छ ।

प्रतिक्रियाहरु