रिचर्ड टेम्पलरद्वारा लिखित प्रेमका नियम

मिलन आफन्त २०७८ चैत्र २० गते, आईतवार

आदरणीय पाठकहरु, यति खेर मेरो हातमा रिचर्ड टेम्पलरद्वारा लिखित प्रेमका नियम ९त्जभ च्गभिक या ीयखभ० भन्ने पुस्तक परेको छ । पिरामिड प्रकाशन प्रा.लि द्वारा प्रकाशित यस पुस्तकलार्ई विनिताजिले नेपालीमा अनुवाद गर्नु भएको हो । मैले यस पुस्तकमा भएका प्रेमका नियमलाई अति संक्षिप्त र सरल रुपमा यहाँ प्रस्तुत गर्ने जमर्काे गरेको छु, मेरो यस प्रयासलाई तपार्ईंंं विज्ञ पाठकहरुले सकारात्मक रुपमा लिनु हुनेछ भनेर म विश्वस्त छु ।

इमान्दार बन्नुस्

अहिल्यै र कुनैबेला बताउनेको बीचमा सबैभन्दा महत्वपूर्ण कुरा हो तपार्ईंं अगाडिको मानिससँग झुट नबोल्नुस् । यदि तपार्ईंंं उसलाई गर्भपतनको बारेमा बताउन चाहनु हुन्न भने कमसेकम कुमारी भएको दावा नगर्नुस् । यदि तपार्ईंंं यस समय उसँग झुट बोल्नु हुन्छ भने तपार्ईंंको झुट पकडिएपछि उसले तपार्ईंंमाथि भरोसा गर्न सक्दैन । सम्बन्धको शुरुवातमा यी उल्झन पूर्ण विषयबाट बच्नु नै चतु¥याई पूर्ण नीति हो । हेर्नुस, यदि तपार्ईंं दुबैसँगै बस्नु हुन्न भने छुट्टिए पछि कमसेकम उसलाई तपार्ईंंको सबै रहस्य थाहा हुने छैन । यसैले जबसम्म तपार्ईंं उसलाई बताउन तयास हुनुहुन्न तबसम्म त्यो विषयबाट बच्नुस् तर हर कदममा यो सुनिश्चित गर्नुस तपार्ईंंले झुट नबोल्नुहोस् । यो यदि गहिरो खाडल हो जसबाट बाहिर निस्कन सक्नु हुने छैन ।

चाल नचाल्नुस्

हेर्नुस् तपार्ईंं ऊसँग कुरा गर्न चाहनु हुन्छ भने सिधा फोन गरिदिनुस् । यदि तपार्ईंं उ तपार्ईंंको आमासँग मिल्न आओस् जस्तो आग्छ भने प्रष्टसँग भनिदिनुस् । चाल चल्नु खतरानाक ढंग हो र यसबाट सजिलै दाउ उल्टो पर्न सक्छ । कुनै सम्बन्धको शुरुवात गर्ने एक मात्र तरीका त्यही होजस्तो तपार्ईंं यसलाई अन्तसम्म चाहनु हुन्छ । तपार्ईंं वर्षाैंसम्म चाल चल्न चाहनु हुन्न, यसैले सुरु नर्गनुस् ।

याद राख्नुस् यदि तपार्ईंंको लागि चाल चल्नु ठीक हो भने उसको लागि पनि ठिक हो । के तपार्ईंं यही चाहनु हुन्छ ? चाहे तपार्ईंं आपूmलाई जति नै विश्वास दिलाउनु तपार्ईंंको चाल निर्दाेष र राम्रो छ तर साँचो यही हो चालबाजी शोषणको एक रुप हो । त्यसै पनि हामी जुन मानिससँग प्रेम गर्छाैँ उसको शोषण गर्दैनांै या उनको नाजायज फाइदा उठाउँदैनांै । हामी त उसलाई बस इमान्दारीपूर्वक बताउँछौ हामी कस्तो महसुस गर्छाै र हाम्रो लागि के महत्वपूर्ण छ । मानिसको शोषण गर्नुको अर्थ हो, उसमा नियन्त्रण गर्नु, उसलाई कठ्पुतली बनाउनु र सरासर गलत हो ।

नयाँ साथीलाई पुरानो रङमा नरङाउनुस्

हामीमध्ये धेरै जसो मानिसको कुनै न कुनै अतित हुन्छ । किशोर अवस्थाको सबैभन्दा निर्दोष रोमान्स पनि जीवनमा कुनै न कुनै इतिहास छोडेर जान्छ । यसलाई अर्काे बाटोको बाधा बन्न दिन सजिलो हुन्छ । तपार्ईंंले सोच्नु पर्छ तपार्ईंंलाई कस्तो लाग्नेछ, यदि तपार्ईंंको साथी आफ्नो पुरानो प्रेमिसँग दाजेर तपार्ईंंको मूल्याङ्कन गर्छ, जोसँग तपार्ईंंको भेट शायद कहिल्यै भएको छैन । या फेरि कुनै निर्दोष व्यवहार या टिप्पणी गरेर विवाद शुरु गर्छ, किनकि अरु कुनै सम्बन्धमा यसको मलतब अरु केही थियो, जसको सहभागी तपार्ईंं हुनुहुन्न थियो । उफ् यो कुण्ठित गर्ने खालको कुरा हो ।

चाहे यो ठूलो कुरा होस् या सानो संकेत– चाहे यो पैसा होस् या सेक्स, मिजास, कामधन्दा, रहस्य, झुठ रोमान्स या अरु कुनै कुरा–यदि तपार्ईंं आफ्ना नयाँ साथीलाई पनि पुरानो साथीको रङमा रङाउन थाल्नु भयो भने तपार्ईंंले यस्ता धेरै समस्या खडा गर्न सक्नु हुन्छ, जसकोे असलमा कुनै अस्तित्व छैन ।

जाच्नुस् तपार्ईंं दुबैको लक्ष्य समान होस्

जो मानिस २० वर्षको उमेरमा भन्छ उ निश्चित रुपमा हरेका कुरा– जीवनशैली, स्थान आदि आफ्नो क्यारियरमा केन्द्रित गर्न चाहन्छ, हुन सक्छ ३० वर्षको उमेरमा भन्छ उ अलग महसुस गरोस् । तर, जब परिस्थिति गम्भीर हुन थाल्छ, तब पनि यदि तपार्ईंं आफ्नो साथीलाई बताउनु हुन्न भने असली झमेलामा पर्न सक्नु हुन्छ ।

यदि सुनिश्चित गर्नुस्, तपार्ईंं कसैसँग आजीवन सम्बन्धको बाचा गर्नुस्, जबसम्म तपार्ईंंलाई केही कुराको बारेमा उसको दृष्टिकोण थाहा हुँदैन, जीवन शैली, बच्चा (तिनीहरुको लालन–पालन ), कहाँ बस्ने, कति यात्रा गर्ने र ती सारा कुरा, जुन यस समय धेरै टाढाको लाग्छ तर पछि गएर तपार्ईंंको सम्बन्ध बनाउन या बिगार्न सक्छ । यो तथ्यको लागि पनि तयार रहनुस् तपार्ईंंमध्ये कुनै एकले आफ्नो मन बदल्न सक्छ तर हुन सक्छ दोस्रोले बदल्ने छैन ।

तपार्ईंं कसैलाई जबर्जस्ती प्रेम गराउन सक्नु हुन्न होला

तपार्ईंंको प्रेमी वा प्रेमिका चाहे जतिसुकै अद्भूत हुन, यदि उनीहरु तपार्ईंंको प्रेमको बदला तपार्ईंंसँग प्रेम गर्दैनन् भने सम्बन्ध कहिल्यै राम्रो बन्न सक्दैन । मान्नुस् यदि हामी पासोबाट पनि कुद्छौ भने उसले हामीसँग प्रेम गर्न सक्छ, तब यसको कुनै फाइदा हुँदैन । तपार्ईंंलाई यस्तो मानिसको आवश्यकता छ र उसलाई प्राप्त गर्ने हक पनि छ, जसले तपार्ईंंको वास्तविक स्वरुपसँग प्रेम गरोस् । त्यो काल्पनिक मानिससँग होइन, जसको नाटक तपार्ईंं गरिरहनु भएको छ या जे बन्ने कोसिस तपार्ईंं गरिरहनु भएको छ । तब जब तपार्ईंंलाई अनुभव हुनेछ तपार्ईंं कुनै यस्तो मानिससँग हुनुहुन्छ, जसले तपार्ईंंसँग प्रेम गर्दैन, तब तपार्ईंंले साच्चै बहादुर बनेर आफ्नो तर्फबाट सम्बन्ध तोड्नुपर्ने छ । उसले भन्दा पहिलानै । तपार्ईंं उसलाई गुमाउनु पर्ने सोचेर नराम्रो महसुस गर्नु हुन्छ तर आफ्नो स्वाभिमान कायम राखेकोमा तपार्ईंंलाई खुसी मिल्ने छ । एक दिन जब तपार्ईंंले फर्केर हेर्नुहुनेछ तब तपार्ईंंलाई अनुभव हुनेछ, त्यो निर्णय कति साहसिक सही थियो । दुर्ई आत्माको मिलन प्रेम हो । प्रेम गर्नमा दुबै (प्रेमि र प्रेमिका) को मुटुको मिलन हुनु अत्यावश्यक छ । जबर्जस्ती लगाएको प्रेम टिकाउ हुँदैन ।

दयालु बन्नको लागि निर्मम बन्नुस्

तपार्ईंं जुन मानिसँग हुनुहुन्छ, उसँग प्रेम गर्नसक्नु हुन्न तब के गर्नु हुन्छ ? मानौँ तपार्ईंंले उसलाई मन पराउनु हुन्छ, उसँग बस्दा राम्रो लाग्छ, उसले तपार्ईंंलाई हसाउँछ या तपार्ईंं बिचलित हुँदा राम्रो लाग्छ, उसले तपार्ईंंलाई हसाउँछ या तपार्ईंं बिचलित हुँदा तपार्ईंंको पूरा कुरा सुन्छ या तपार्ईंंको रुची समान छ । यदि उसको साथ तपार्ईंंलाई मन पर्दैन भने तपार्ईंं उसँग बसी रहनु भएको हुने थिएन । तर, तपार्ईंंलाई थाहा छ, उसले तपार्ईंंसँग जसरी प्रेम गर्छ, त्यसरी तपार्ईंं उसँग प्रेम गर्न सक्नु हुन्न ।

तपार्ईंंले दयालु बन्नको लागि निर्मम बन्न जरुरी छ । यो कुरा यही सकाउनुस् । मलाई थाहा छ यो मुस्किल छ । यदि तपार्ईंं अगाडिको मानिसको वास्ता गर्नु हुन्छ भने तपार्ईंंलाई उसको मन तोड्दा नराम्रो लाग्ने छ, तर आपूmलाई संझना गराउनुस् यदि यो सिलसिला धेरै समय–समयसम्म चल्यो भने चोट धेरै लाग्ने छ । उसलाई अर्काे मानिस खोज्नको लागि स्वतन्त्र हुने हक छ, जसले उसँग त्यस्तो प्रेम गर्न सकोस जस्तो तपार्ईंंले गर्न सक्नु भएन ।

सबैको लागि सबैभन्दा राम्रो कुरा यही हो तपार्ईंं केही समयको लागि निर्मम बन्नुुस् तर यस्तो गरेर सबैलाई उसको जिवन जिउनको लागि स्वतन्त्र बनाउनुस् । वर्तमान परिस्थितिमा सबै जति बन्न सक्छन्् त्योभन्दा धेरै बन्न सकुन् । तपार्ईंंको साथीले यस क्षण त यो कुरा मन पराउँदैन या यसको कदर गर्दैन तर एक दिन यदि उसमा बुद्धिमानी छ भने उसले फर्केर हेर्नेछ र मनमनै यसको लागि तपार्ईंंलाई धन्यवाद दिनेछ । कुनै नयाँ सम्बन्धको पहिलो केही हप्ता, महिना या वर्षमा कुरा बिना कोसिस अद्भूत रहन सक्छ । तर, ढिलोचाँडो असली जिन्दगी सुरु हुन्छ र तब सम्बन्धको परीक्षा सुरु हुन्छ । हुनत सम्बन्धमा अझै पनि उत्कृष्ट बनाउने पुरा सम्भावना हुन्छ, तर अब यसको लागि धेरै कोसिस गर्न जरुरी हुन्छ । तपार्ईंंले यसको उपेक्षा गर्न नथाल्नुहोस् । अहिलेसम्म कयौं सम्बन्धको चमक संयोगवश यही कारणले धमिलो भएको छ तर राम्रो खबर यही हो तपार्ईंं यसलाई राम्रो बनाएर राख्न सक्नुहुन्छ, बस तपार्ईंंले जो भेटाउनुभयो, उसको बुतामा अगाडिको कुरा राम्रो बनाउँदै जानुस् । यो खण्डमा तपार्ईंंलाई बताउने छ तपार्ईंं आफ्नो हालको सम्बन्धलाई कसरी उत्कृष्ट बनाउन सक्नु हुन्छ, ता कि यो तपार्ईंंहरु दुबैको लागि बलियो, गहिरो र सुखद बनोस् ।

असल बन्नुस्

तपार्ईंं साँच्चै सकारात्मक महसुस गर्न चाहनु हुन्छ भने तपार्ईंंले एकअर्काप्रति सभ्य र सम्मानजनक बनेर शुरुवात गर्नुपर्नेछ । आफ्नो आधारभूत शिष्टाचार नबिर्सनुस् र बोलचालमा एकअर्काप्रति सम्मानजनक तथा दयालु रहनुस् । उनको प्रिय पेय बनाउनुस् या विना कुनै कारण उनलाई कुनै सुनौलो उपहार दिनुस् । के यो कारण सबैभन्दा राम्रो छ –किनकि तपार्ईंं उसँग प्रेम गर्नु हुन्छ । उसको प्रशंसा गर्नुस, घरेलु काममा उसको मद्दत गर्नुस्, चाहे दराज सफा गर्ने या इस्त्री लगाउने या गाडीबाट समान झार्ने “यो सब काम तपार्ईंंको होइन” ।

यदि तपार्ईंंको साथी थाकेर घर आउँछ भने उसलाई आफ्नो रिस तपार्ईंं माथि पोख्ने मौका नदिनुस् । उसको लागि कुनै पेय बनाउनुस्, उनको हालचाल सोध्नुस् र उसको कुरा ध्यानले सुन्नुस्, रुची लिनुस् । उसलाई राहत दिनको लागि कुनै सानोतिनो काम खोज्नुस् । हेर्नुस्, तपार्ईंं आराम गर्नुस् र म खाना तयार गर्छु । नुहाउने पानी तताउँछु– सम्भव भएसम्म थकाई हटाउन तेल पनि हालिदिनुस् या केही मैन बाल्नुस् ) आमरुपमा उनलाई अनुभव गराउनुस् कोही छ जसले उसको वास्ता राख्छ । किनकि तपार्ईंंले उसको ख्याल राख्नुहुन्छ ।

यदि तपार्ईंंका बच्चा छन्् भने योभन्दा राम्रो उदाहरण अरु के हुन सक्छ ? यो पनि सोच्नुस्, तपार्ईंं आफ्नो जीवन साथीको लागि कस्तो उदाहरण पेस गरिरहनु भएको छ । तपार्ईंं उसबाट कस्तो व्यवहारको आशा गरिरहनु भएको छ । जस्तो तपार्ईंंले उसँग गरिरहनु भएको छ, यसैले राम्रो यही हुनेछ तपार्ईंंको व्यवहार धेरै राम्रो होस् । सिर्फ यही कारणले तपार्ईंंले यस्तो गरिरहनु भएको छैन । यसैले राम्रो व्यवहार गरिरहनु भएको छैन, ता कि बद्लामा उसले पनि राम्रो व्यवहार गरोस् । तपार्ईंं यसैले राम्रो व्यवहार गरिरहनु भएको छ, किनकि तपार्ईंं उसँग प्रेम गर्नुहुन्छ र उ यसको हकदार छ ।

आवश्यकता होइन चाहनाको कारणले सँगै बस्नुस्

यदि तपार्ईंंको साथीले आफ्नो काम ठीकसँग गरिरहेको छ – तपार्ईंं पनि गरिरहनु भएको छ भने तपार्ईंंले उविना पनि काम चलाउन सक्नुहुन्छ । यसको मतलब यो होइन तपार्ईंं यस्तो गर्न चाहनु हुन्छ तर यदि तपाईंले गर्नुनै पर्छ भने तपार्ईंंले गर्न सक्नु हुन्छ । बलियो सम्बन्धमा साथी निर्भरतालाई बढावा दिँदैन –उसले आत्मनिर्भर हुन प्रोत्साहित गर्छ । यदि तपार्ईंंको साथी तपार्ईंंको साँचो स्वरुपसँग प्रेम गर्छ,भने उसले तपार्ईंंलाई बदल्ने कोसिस गर्ने छैन बरु ब्यक्तिको रुपमा धेरै शक्तिशाली, आत्मविश्वासी र सुरक्षित महसुस गर्छ । उसको कारण तपार्ईंंको आत्मसम्मान बढ्नेछ ।

मलाई थाहा छ यो सोच्नु दुःखदायी छ तर यदि तपार्ईंंको साथी अचानक रहँदैन भने तपार्ईंंले यो सब कसरी सहन गर्न सक्नुहुन्छ । के तपार्ईंंलाई थाहा छ, तपार्ईंं को हो र तपार्ईंंलाई आफैँ माथि विश्वास हुनेछ यो ठूलो दुःख भएर पनि तपार्ईंंले यसबाट पार पाउनु हुनेछ ? यो सम्भावनालाई ध्यानमा राख्दै तपार्ईंंमध्ये कुनै एकले अन्ततः यो स्थितिको सामना गर्नुपर्नेछ, तपार्ईंं एकअर्कालाई योभन्दा राम्रो उपहार के दिन सक्नु हुन्छ, उसलाई एक्लै सहन गर्न आत्मविश्वास र आत्म– निर्भरता दिनुस् ? तपार्ईंं दुबैलाई अनुभव हुनुपर्छ आफ्नो सबैभन्दा खराब समयमा पनि तपार्ईंंलाई आफ्नो साथीको आवश्यकता छैन । तपार्ईंं बस उसँग बस्न मात्र चाहनु हुन्छ ।

आफ्नो साथीको निजी कुरा बचाइराख्ने प्रयास छोडिदिनुस्

सम्झना यो कुराको छ, समय–समयमा तपार्ईंंलाई आफ्नो पार्टनरदेखि केही टाढा जानुपर्छ । हुन सक्छ तपार्ईंंलाई धेरै स्थानको जरुरत होस् । यो ठीक छ तर्कपूर्ण सिमामा छ । महत्वपूर्ण कुरा यदि उ एक्लै केही गर्न चाहन्छ भने यसको मतलब यो होइन उ तपार्ईंंलाई अस्वीकार गरिरहेको छ, बरु यो उसको वास्तविक स्वरुपको पुष्टि हो । यो आधार छुने र सुखी रहने तिनीहरुको तरिका हो । यदि तपार्ईंं उसलाई यो गर्न दिनु हुन्न भने तपार्ईंंले त्यो मानिसलाई गुमाउनु हुन्छ, जोसँग तपार्ईंं प्रेम गर्नु हुन्छ ।

जब तपार्ईंंको साथीले तपार्ईंंसँग भन्छ उसलाई आफ्नो गोपनीयता बचाइराख्नको लागि थोरै प्रयासको आवश्यकता छ, तब कुनै झगडा छैन, कुनै रिस छैन, कुनै इष्र्या छैन, कुनै बचपना व्यवहार छैन । उसको लागि र दुबैको लागि खुसी हुनुस्, किनकि यसैबाट तपार्ईंंको सम्बन्ध तरोताजा बन्दै जाने छ ।

आफ्नै दोष देख्नुस्

साथीको स्थिति केही यस्तै हुन्छ । उनीहरुमा सधंै दोष हुन्छ । मलाई लाग्छ तपार्ईंंले उनीहरुको ब्यवहार सहनुपर्ने छ । हो, मलाई थाहा छ । तपार्ईंंले उसँग कुरा गर्ने कोसिस गर्नु भएको छ, बताउनु भएको छ, ती दोषसँगै जीउनु कति मुस्किल कुरा हो, उसँग यस बारेमा केही गर्ने आग्रह गरिएको छ । शायद उसले कोसिस पनि गरेको छ तर प्रष्ट रुपमा उसले पर्याप्त कोसिस गरिरहको छैन । या सायद उसले केही समयसम्मको लागि कोसिस ग¥यो तर अब फर्केर आफ्नो पुरानो ढर्रामा फर्केर आएको छ । तपार्ईंं चाहे जोसुकैसँग सोध्नुस, सधँै त्यही पुरानो कथा दोहो¥याइन्छ । कहिल्यै पनि अफसोस गर्नको लागि दोषको कमी हुँदैन । निश्चित रुपमा हाम्रो साथी आदर्श हुँदैन– न हामी आदर्श हुन्छौ । तपार्ईंंले उसको इच्छाअनुसार आपूmलाई ढाल्न जरुरी छैन किनकि त्यो त तपार्ईंं पहिलादेखि नै हुनुहुन्छ । सायद धेरै सहनशिलताको आवश्यकता छ र पहिलो प्रहार कम गर्न जरुरी छ ।

सम्माननिय बन्नुस

यदि तपार्ईंं चाहनु हुन्छ, तपार्ईंंसँग बाहिर जाँदा उसको टाउको उच्च रहोस र उसलाई तपार्ईंंप्रति गर्व होस् तब तपार्ईंंले सुनिश्चत गर्नुपर्छ, यसको लागि तपार्ईंंले सधैँ यी सिद्धान्तको आधारबाट काम गर्नुस्–

अखण्डता, इमान्दारी, करुणा, विचारशीलता, दयालु, नम्रता

यदि उसको लागि, आफ्नो लागि र बाँकी दुनिँयाको लागि यति त गर्नु नै पर्छ सम्माननीय बन्नुस्, इमान्दार रहनुस् र सधैँ अखण्डताले काम गर्नुस् । प्रष्ट छ, केही स्थितिमा मुस्किल पर्न सक्छ र सबैजना तपार्ईंंले रोजेको दिशामा सधँै सहमत हुने छैनन । तर, यदि तपार्ईंं र तपार्ईंंको साथीलाई थाहा छ, तपार्ईंंले यस बारेमा दूरदर्शिताले काम लिनु भएको छ र यसलाई यसैले रोज्नु भएको छ, किनकि तपार्ईंंको विचारमा यही सही थियो– किनकि तपार्ईंंको विचारमा यो सजिलो थियो भनेर पनि होइन, त्यसैले आफैँलाई दोष दिनुको कुनै कारण छैन ।

प्रतिक्रियाहरु