प्रथम दिलबहादुर मेमोरियल कराँते च्याम्पियन शिप २०२२ सम्पन्न

२०७८ चैत्र १९ गते, शनिबार


काठमाडौं । प्रथम दिलबहादुर रम्तेल मेमोरियल ओपन कराँते च्याम्पियन शिप २०२२ सम्पन्न भएको छ । काठमाडौं बालाजुस्थित ह्वाईट हेवन एकेडेमीमा संचालन भएको कराँते प्रतियोगितामा २३ वटा विधामा २१ वटा टिमबाट जम्मा ३३५ जना खेलाडीहरुको सहभागी भएको थियो।

सो प्रतियोगितामामनकामना डोजो प्रथम , बुढानिलकण्ठ डोजो दोश्रो र टिम हाईएसिया डोजो तेश्रो भएका थिए ।उक्त प्रतियोगितामा बेष्ट प्लेयरमा महिला तर्फ योन्जुन लामा, पुरुष तर्फ फुर्वा सि़ं वाईवा हुन सफल भएका थिए भने सान्त्वनामा पुरुषतर्फ मोहन सापकोटा र महिलातर्फ मनिषा वाईवाब्तामांग तथा डिसिपिलियन टिमतर्फ साउथ वेल्थ हुन सफल भएको थियो ।


मनकामना डोजो म्हेपीको आयोजनामा भएको उक्त कार्यक्रमको सभापतित्वमा छत्रबहादुर आलेले र नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष पुरेन्द्र विक्रम लाखेको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रमको संयोजक नारायण श्रेष्ठ थिए भने टिमकाे संयोजक छत्रबहादुर आलेले गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु