प्रेमका नियम

मिलन आफन्त २०७८ चैत्र ६ गते, आईतवार

 

आदरणीय पाठकहरु, यति खेर मेरो हातमा रिचर्ड टेम्पलरद्धारा लिखित प्रेमका नियम  भन्ने पुस्तक परेको छ । पिरामिड प्रकाशन प्रा.लि द्धारा प्रकाशित यस पुस्तकलार्ई विनिताजिले नेपालीमा अनुवाद गर्नु भएको हो । मैले यस पुस्तकमा भएका प्रेमका नियमलाई अति संक्षिप्त र सरल रुपमा यहाँ प्रस्तुत गर्ने जमर्काे गरेको छु, मेरो यस प्रयासलाई तपाईं विज्ञ पाठकहरुले सकारात्मक रुपमा लिनु हुनेछ भनेर म विश्वस्त छु ।

आफनो असल स्वरुपमा रहनुस् !

 हेर्नुस्, यदि तपाईं नाटक गर्नुहुन्छ भने तपाईं कुनै यस्तो मानिसलाई आकर्षित गर्नु हुनेछ, जो असलमा तपाईंको व्याक्तित्व अनुरुप हुने छैन । प्रष्ट छ, यसबाट तपाईंलाई या उसलाई कुनै फाइदा हुनेछैन । याद राख्नुस् कतै न कतै न कोही न कोही जरुर छ, जसले विल्कुल तपाईं जस्तै मानिस चाहन्छं –तपाईंका त मात्र दोष र असफलता साथ तपार्इंलाई चाहन्छ । म तपाईंलाई अर्को एउटा कुरा बताउन चाहन्छु(उसले त्यसलाई दोष र असफलताको रुपमा हेर्ने पनि छैन । उत्त यसलाई तपाईंको आकर्षण पक्ष मान्नेछ र त्यही तपाईंको लागि सही हुनेछ । (तपाईं यसै समय आफनो सारा भेद खोलिदिनुस यही राम्रो हुनेछ ।)

अगाडि बढ्नु भन्दा पहिला विग्रिसकेको सम्बन्धबाट भएको नोक्सानको भरपाई गर्नुस् ।

यदि तपाईंको अन्तिम सम्बन्धको कारणले तपाईंको भावनाहिन महशुस गरिरहेको छ भने राम्रो यहि हुनेछ कुनै नयाँ प्रेमि या जीवन साथीको खोजी भन्दा पहिला तपाईं विग्रिसकेको सम्बन्धको कारणले भएको नोक्सानको भरपाई गर्नुस् । नत्र तपाईंले त्यसलाई आफनो वास्ताविक स्वरुप देखाउन पाउनु हुने छैन र यदि तपाईं आफैमा अल्छी रहनु हुन्छ भने उसमा ध्यान केन्द्रित गर्न सक्नुहुन्न ।

आफैमाथी एक उपकार गर्नुस् । जब तपाईंलाई घाउ लागेको छ तब कतै गएर लुक्नुस् । आफ्नो मित्र र परिवारसँग आनन्द लिनुस् । कमवेश सामान्य हुन्जेल पर्खनुस् र त्यसपछि नै नयाँ जीवन साथीको खोजी शुरु गर्नुस् । जब तपाईंले यसको शुरुवात गर्नुहुन्छ, तब कुनै यस्तो मानिसलाई रोज्ने कोसिस गर्नुस् जसको चोट राम्रोसँग भरिसकेको होस्– प्रष्ट छ, यो नियम दोश्रो धु्रवमा पनि त्यति नै रुपमा लागु हुन्छ । यसरी तपाईं दुबै एक अर्कोको वास्ताविक स्वरुप देख्न सक्नु हुन्छ र आफ्नो सम्बन्धलाई त्यसैगरी शुरु गर्नसक्नु हुन्छ, जसरी तपाईं यसलाई अगाडि बाढाउन चाहनु हुन्छ

तपाईं साथीसँग तबसम्म खुशी रहन सक्नु हुन्न, जबसम्म एक्लै खुशी रहनसक्नु हुन्न् ।

 तपाईंले आफ्नो साहसमा खुशी र सुरक्षित रहन सिक्नु पर्छ । यस्तोमा तपाईं कहिल्यै एक्लै छुट्ने डरले नराम्रो सम्बन्ध तोड्न डराउनु हुने छैन । यदि सम्बन्ध उपयोगी छैन भने तपाईंले त्यो सम्बन्ध छोडन सक्नु हुन्छ । धेरै मानिस दुःखद सम्बन्धसिर्फ यसकारणले जोडी राख्छन् किनकि उनीहरु एक्लै बस्न डराउछन् । नियमका खेलाडी एक्लै पनि आनन्दले बस्छन् ताकि उनीहरु सही कारणले मात्र नयाँ साथीसँग बस्ने चुनाव गरुन् ।

एक पटक जब तपाईं यसमा बाहिर हुनुहुने छ, तब जोसँग रहनु हुनेछ, उसँग यस कारणले रहनु हुनेछ किन कि तपाईं उसँग प्रेम गर्नुहुन्छ र उसले तपाईंलाई खुशी राख्छ । एक्लै बस्नु राम्रो हो, तर उसँग बस्नु यो भन्दा धेरै राम्रो हो । यदि पछि गए र यो राम्रो लाग्न बन्द भयो भने, तपाईं सम्बन्ध तोडनको लागि स्वतन्त्र हुनु हुन्छ ।

(धेरै मानिस दुःखद सम्बन्ध पनि झेलेर बस्छन् किनकि उनीहरु एक्लै बस्न देखि डराउँछन् ।)

जब तपाईं उसग भेट गर्नु हुनेछ, तब तपाईंलाई थाहा हुनेछ ।

इमान्दारीपूर्वक भन्ने हो भने मलाई विश्वास छैन यो पूर्णरुपमा साँचो हो । केही मानिस जुन क्षणमा आफ्नो भावी साथीसँग भेट गर्छन्, उनीहरुलाई त्यसैबेला अनुभव हुन्छ यही त्यो मानिस हो जसको खोजी उसले जिन्दगीभर गरिरहेको थियो । तर यस्तो सबैको जीवनमा हुँदैन ।

वास्तविक नियम यही हो यदि तपाईंलाई पक्का विश्वास छैन यही सही मानिस हो भन्ने भाव आएको छैन भने दाउ नलगाउनुस् किनकि यदि थियो सहि मानिस हो भने तपाईंले यस बारेमा थाहा पाउनु हुनेछ, यसको लागि थोरै समय भने लाग्ने छ । दोश्रो शब्दमा यदि त्यो सही मानिस हो भने तपाईंलाई यो कुरामा पुरा विश्वास हुनेछ या त तुरुन्त या केही समय पछि तर तपाईंलाई थाहा हुनेछ ।

यस्तो मानिसलाई रोज्नुस् जसले तपाईंलाई हँसाओस् ।

हाँसोको मूल्य सुन जति नै हास्यबोध नितान्त व्यक्तिगत कुरा हो र केही मानिस भएको दाँजोमा हामीलाई धेरै हसाउँछन् । जब तपाईंले कुनै यस्तो मानिस भेट्नु हुन्छ जसले तपाईंलाई अरु सबैले भन्दा धेरै हसाउँछ, तब उसँग विवाह गर्नुस् । मेरो सल्लाह यही छ । प्रष्ट छ, यसमा म यही मानिरहेको छु । त्यो मानिस तपाईंको विपरीत लिंगको होला । यो कुरामा ग्यारेंटी छ उ तपाईंलाई आकर्षक लाग्ने छ, किनकि हसाउने मानिस धेरै आकर्षक देखिन्छ, चाहे उ शारीरिक दृष्टिले तपाईंको आशा अनुरुप नहोस् ।

 आकर्षण त्यो हो, जसमा समुच्च व्यक्तित्व मनपराइन्छ । आत्मविश्वास राख्नुस्, थाहा पाई राख्नुस्, तपाईं त्यो मानिसको लागि धेरै आकर्षक मानिस हो, जसमा यति गहिराई छ उसले तपाईंको समुच्च व्यक्तित्वलाई मनपराउँछ । यो कुराको वास्ता गर्दै न तपाईं उसको अंगालोमा कस्तो देखिनु हुन्छ । जब उसले तपाईंलाई खोज्छ, तब तपाईं आपूmलाई सेक्सी र खास महशुस गर्नुहुन्छ र आफ्नो कमीको बारेमा सबैकुरा बिर्सनु हुन्छ ।

 पुरानो गल्ती नदोहो¥याइ रहनु ।

मैले एउटा यस्तो मानिसलाई चिनेको छु, जो थाहा छैन कसरी यस्ती महिलाप्रति आकर्षित हुने गर्थे, जो धेरै ईश्र्यालु र असुरक्षित हुन्थे । उसले मलाई बतायो, उसको कुनै अचेतन भागले यस्ता नारीलाई सय कदम टाढैबाट चिन्दथ्यो । शुरुवातमा उसलाई यो कुरा थाहै भएन, तर जब उ त्यसमा घुलमिल हुन थाल्यो तब उसलाई थाहा हुन्थ्यो एक पटक फेरी उसले यस्तै महिला भेटाएको छ, जो विस्तार पूर्वक उसको दैनिक जान्न चाहन्थिन् । दिनभर कोसँग थियो, के–के ग¥यो यस्तै–यस्तै । उनकी आमा पनि असुरक्षित व्यक्तित्व भएकी महिला थिइन्, तर अहिलेको लागि हामी यो कुरा छोडिदिउ । यो सिर्फ ईश्र्याको कुरा हैन– यो ती जीवनसाथीको बारेमा पनि सही छ, जसले तपाईंलाई होच्याउछन्, धोकोबाज हुन्छन् अति निर्भर हुन्छन् या विवाहित हुन्छन् ।

केही मानिसको सम्बन्धमा तपाईं सीमा नाघ्नु हुनेछैन !

के तपाईं आफ्नी बैनीको केटा साथीसँग प्रेम गर्नुहुन्छ ? आफ्नो सबैभन्दा मिल्ने साथीको पत्नीसँग गर्नुहुन्छ ? आफ्नो कुनै साला–साली या कुनै विवाहित मानिससँग ? के तपाईं कुनै संवेदनशील मानिससँग प्रेम गर्नुहुन्छ, जब तपाईंलाई थाहा हुन्छ उसले यसलाई गम्भीर रुपमा लिइरहेको छ, उ तपाईंसँग स्थायी सम्बन्ध बनाउन चाहन्छ र पछि उसलाई चोट लाग्न सक्छ ? तपाईं सीमा रेखा कहाँ तान्नु हुन्छ ?

तपाईं मानिसलाई बदल्न सक्नु हुन्न् !

 साँचो कुरा यही हो तपाईं मानिसलाई बदलिन भन्न सक्नुहुन्न । यति मात्र हैन, यदि उ बदलिन चाहन्छ भने पनि यो काम गर्न सक्नु हुन्न । निश्चित रुपमा उसले आफ्नो ब्यवहारमा धेरथोर फेरबदल गर्न सक्छ, तर आफ्नो व्यक्तित्व बदल्न सक्दैन । तपाईं आफ्नो फोहोर फैलाउने जीवन साथीलाई मनाउन सक्नुहुन्छ । उसले बाथरुमको तौलिया भुईमा खसाउनुको साटो झुण्ड्याईदेओस् तर म शर्त लगाउछु यदि उसले तौलिया झुण्ड्याउँछ भने पनि रिसाउदैन, जुन देखेर तपाईं आफ्नो टाउको समाउनु हुनेछ । किनकि तपाईं उसलाई सफाई मन पराउने मानिसमा बदल्न सक्नु हुन्न । उ फोहोर मन पराउने मानिस नै रहनेछ

बस उसले तौलिया झुण्ड्याई दिनेछ । यसबीच भान्सामा सबैकुरा छरिएको हुनेछ र घर र कारको हालत खराब हुनेछ (यो सब तपाईंको नजरमा उसको नजरमा हैन) ।

 सम्बन्धको अर्थ शारीरिक सम्बन्ध हैन ?

उत्कृष्ट शारीरिक सम्बन्ध अद्भूत कुरा हो । यदि सुरुवातमा पनि कुनै शारीरिक आकर्षण छैन भने सम्बन्ध शुरु हुने गुञ्जाईश धेरै हुँदैन । तर सर्वश्रेष्ठ सम्बन्ध जीवननभर चल्छ र तपाईंको कमेच्छा, सम्भव छ यति लामो चल्न नसकोस् । यदि सम्बन्ध सिर्फ शारीरिक सम्बन्धको आधारमा बन्छ भने तपाईं मुश्किलमा पर्नु हुनेछ, जब तपाईंलाई बच्चा, पैसाको समस्या, बुढा आमा–बाबुको आवश्यकता, क्यारियरको समस्या र जीवनभर ढिलो–चाँडो आउने कयौँ अरु समस्यासँग जुझ्नुपर्ने छ । यीमध्ये धेरै जसोको समाधान शयन कक्षमा गएर मोज मस्ती गर्नु हुँदैन ।

यो नियम यो खण्डमा यसैले छ, किनकि प्रेमको खोजी गर्दा यसलाई याद राख्नु धेरै महत्वपूर्ण छ । दोश्रो तिर जोखिम पनि छ तपाईं गल्तीले शारीरिक आकर्षणलाई प्रेम सम्झनु हुनेछ, सोच्नु हुनेछ सेक्स उत्कृष्ट छ, यसैले सम्बन्ध पनि राम्रै बन्ने छ । तपाईं ती मानिसलाई चिन्नु हुन्छ होला जसको केही हप्ताको सम्बन्ध पछि विवाह गर्छन् ? उनीहरु मध्ये केहीको निर्णय त सही हुन्छ, तर धेरै जसो मानिस शारीरिक आकर्षणमा अन्धो हुन्छन् र स्पष्ट रुपमा देख्न सक्दैनन् । सफल आजीवन सम्बन्धको आधार छ वा छैन । असलमा धेरै जसो आधार हुँदैन पनि ।

 कुनै पनि ठूलो निर्णय लिनु भन्दा पहिला उसलाई अरु जाँच्नु होस ।

 यदि तपाईंसँगै वस्न चाहनु हुन्छ भने, विवाह गर्न चाहनु हुन्छ भने बच्चा जन्माउन चाहनु हुन्छ, विदेशमा गएर बस्न चाहनु हुन्छ । या अरु ठूला निर्णय लिन चाहनु हुन्छ भने आफ्नो साथीहरुसँग यो भन्नु पूर्ण रुपमा उचित हुनेछ निर्णय लिनु भन्दा पहिला एक वर्षसम्म पर्खनु पर्नेछ । यदि तपाईंको नयाँ साथी केही महिना पछि दबाब दिन थाल्छ भने उसलाई बताउनुस् यो तपाईंको नियम हो । कुनै पनि ठूलो निर्णय लिनु भन्दा पहिला अगाडिको मानिसलाई हर कसौटीमा परख गर्नुपर्नेछ । मलाई थाहा छ केही मानिस ती मानिसबाट कुंठित हुन्छन, जो तीन–चार वर्ष पछि पनि कुनै बाचा गर्दैनन, तर यहाँ कुरा यो हैन । १२ महिनाको समय माग्नु तार्कीक पनि छ र बुद्धिमानी पूर्ण पनि । तपाईंलाई यो कुरामा आफ्नो तर्क दिने पुरा हक छ ।

 यदि साथी तपाईंको लागि साच्चै सही छ, भने आफ्नो भविष्यको फैसला गर्नमा १२ महिना पर्खनुको के फाइदा हुनेछ । आखिर पुरा जिन्दगीको बदलामा एक वर्षको म्याद कम नै हुन्छ । हतार गर्नुपर्ने आवश्यकता के छ ? किन शान्त भएर आनन्द नउठाउने ? पछि असली जिन्दगीले तपाईं माथि गोलीको वर्षमा गर्ने नै छ । तसर्थ कुनै पनि ठूलो निर्णय लिनु भन्दा पहिला धेरै सोच बिचार गर्नु पर्दछ ।

 जसले वास्ता गर्दैन उ सँग नबस्नुस् ः

 यदि तपाईंको साथी सम्बन्धको शुरुवातमा तपाईंको कुराको वास्ता गर्दैन, तब सँगै बसेर पनि स्थिति अरु खराब हुनेछ । यो कल्पना नगर्नुस, सँगै बस्ने या विवाह गरेपछि सबै कुरा राम्रो हुनेछ । म तपाईंलाई यसै समय बनाउन सक्छु तर सबै कुरा धेरै खराब हुनेछ । तपाईंले अगाडिको कुनै ठुलो वाचा गर्नुभन्दा पहिला नै यो समस्या पूर्ण रुपमा सुल्झाउनु पर्छ– तपाईंलाई शुभकामना । यदि तपाईं उसलाई अन्तिम मौका दिने फैसला गर्नु हुन्छ, तब लामो समयसम्म ध्यानले हेर्नुस् । बाचा गर्नुभन्दा पहिला पक्का विश्वास गर्नुस, अगाडिको मानिस साच्चै बदलिएको ।

 दुनियामा कतै न कतै, केही न केही त छ, जसले हर अर्थमा तपाईंको सही हेरबिचार गर्नेछ । आपूmलाई यस्तो मानिसको काँधमा नलाद्नुस, जसले यस्तो नगरोस् । यसबाट अगाडि बढेमा तपाईंको आत्मसम्मान र आत्मविश्वासलाई नोक्सान हुनेछ र तपाईं पनि दुःखी रहनु पर्नेछ । यसैलाई आपूmमाथि उपकार गर्नुस् र आफ्नो जिन्दगीमा कुनै राम्रो मानिस आउने पर्खाइमा बस्नुस् ।

 यदि तपाईं उसमाथि भरोसा गर्न सक्नुहुन्न भने तपाईंको बीचमा सम्बन्ध नै छैन ः

 प्रष्ट छ, धेरै कारण हुन्छन, जसको कारणले तपाईंले कसैमाथि पनि भरोसा गर्न सक्नु हुन्न । शायद उ आपूmलाई कयौँ पटक अविश्वसनीय प्रमाणित गरिसकेको छ । सायद तपाईंलाई यो कुरामा शंका लागिरहेको छ । सायद उ सानो तिनो कुराको बारेमा साँचो बोल्दैन र तपाईं यहि सोच्न थाल्नु हुन्छ अरु के कुरा लुकाएको होला । सायद उ केही धूर्त होला (हुनत यस विषयमा मलाई केही थाहा छैन तपाईं अझैसम्म उसँग किन बस्नु भएको हो । म तपाईंलाई सम्मानजनक सुझाव दिन सक्छु तपाई उसको जिन्दगीबाट टाढा जानुस) । कारणले केही फरक पर्दैन । तपाईंले उ माथि भरोसा गर्न समर्थ हुनुपर्दछ ।

प्रतिक्रियाहरु