‘पेट्रोलियम पदार्थको मूल्यबृद्धि तत्काल खारेज गर’

२०७८ माघ ६ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थमा भएको चर्काे मूल्यबृद्धि तत्काल खारेज गर्न माग गरेको छ । सो संगठनका केन्द्रीय अध्यक्ष प्रकाश शाहीले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै मूल्यबृद्धि तत्काल खारेज गर्न सरकारसँग माग गरेका हुन् । उनले पेट्रोलियम पदार्थमा गरिएको चर्काे मूल्यबृद्धि तत्काल खारेज गरि पदार्थमा भइरहेका चुहावट र भ्रष्टचारी कर्मचारीहरुमाथि कारबाही तथा वैकल्पिक र आत्मनिर्भर अर्जाको उत्पादनसँगै प्रयोगमा जोड दिन मागसमेत गरेका छन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु