फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

२०७८ माघ ६ गते, बिहीबार


काठमाडौं । नेपाल आयल नियमले पेट्रोलियम पद्धार्थमा मूल्यवृद्धि गरेको छ । निगमले गए राती १२ बजेबाट लागू हुने पेट्रोल, डिजेल र मट्टीतेलमा ३-३ रुपैयाँको दरले मूल्य बढाएको हो । निगमले जारी गरेको नयाँ मूल्य सूची अनुसार आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्यवृद्धि गरिएको छ । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३९ रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलको १ सय २२ रुपैयाँ कायम भएको छ । यस्तै हवाई इन्धनको समायोजनपछि १ सय ६ रुपैयाँ कायम हुनेछ । यसअघि निगमले गत कार्तिकमा मूल्य समायोजन गरेको थियो । एलपी ग्यासको मूल्य भने निगमले यथावत राखिएको छ ।
मूल्य समायोजनपछि पनि निगमले चरम घाटा व्यहोरिरहेको बताउँदै आएको छ । निगमले १५ दिनमा १ अर्ब ८८ करोड रुपैयाँ घाटा हुने निगमको भनाई रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८१ बैशाख ४ गते, मंगलवार