पीसीआर परीक्षण शुल्क : सरकारीमा ८०० निजीमा १५०० रुपैयाँ

२०७८ माघ ५ गते, बुधबार


काठमाडौं । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले पीसीआर परीक्षणको शुल्क घटाएको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले अबदेखि सरकारी अस्पताल तथा प्रयोगशालामा पीसीआर परीक्षणको ८०० रुपैयाँ लिइने बताए । यसअघि सरकारी अस्पतालमा एक हजार लिने गरिएको थियो । यस्तै निजी प्रयोगशालाहरुमा पीसीआर परीक्षणको शुल्क १५०० रुपैयाँ तोकिएको छ । यसअघि यो शुल्क दुई हजार थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु