विशेष अदालतमा बन्दी प्रत्यक्षीकरण र थुनुवा बाहेकका सबै सेवा स्थगित

२०७८ माघ ५ गते, बुधबार

काठमाडौं । विशेष अदालतले कोरोना संक्रमण बढेका कारण बन्दी प्रत्यक्षीकरण र थुनुवा बाहेकका सबै सेवा स्थगित गरेको छ । कोरोना संक्रमणको जोखिम बढेको भन्दै विशेष अदालतले थुनुवा भएका मुद्दाको मात्रै सुनुवाइ गर्ने भएको हो । विशेष अदालतले त्यसबाहेक थुनुवाको म्याद थपको कामकारबाही मात्रै गर्नेछ । अहिले विशेष अदालतमा थुनुवा समेत भएका मुद्दाहरु सीमित संख्यामा छन् । आरोपपत्रका साथ उपस्थित गराइएका आरोपितको थुनछेक आदेशबाहेक अरु न्यायिक काम नहुने अदालतले जनाएको छ । विशेष अदालतले आरोपपत्र दर्ताको काम भने जारी राख्ने जनाएको छ । विशेषले थुनुवाइ बाहेकका सबै मुद्दाको सुनुवाइ रोकेको छ । पेशी र अरु तारिख दिने काम पनि नगर्ने भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार