पछिल्लो २४ घण्टामा १०,२५८ जनामा कोरोना संक्रमण

२०७८ माघ ४ गते, मंगलवार

काठमाडौं । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयले २२ हजार ८२८ जनामा कोरोना परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो । पछिल्लो २४ घण्टामा ५६२ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, गत २४ घण्टामा १ जनाको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ ।
हाल देशभर ३९ हजार ४४ जना सक्रिय संकमित रहेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ हजार ५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४००४, ललितपुरमा ९७५ र भक्तपुरमा ५७० जना संक्रमित थपिएका हुन् ।

प्रतिक्रियाहरु