दोलखा – काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा गणेश बस्नेत

२०७८ माघ ४ गते, मंगलवार


काठमाडौं । जनणगतान्त्रीक सम्पर्क मञ्च केन्द्रिय समिती नेपाल अन्तर्गत दोलखा – काठमाडौं सम्पर्क मञ्चको पाँचौ भेलाबाट गणेश बस्नेतको अध्यक्षता ११ सदस्यीय गठन भएको छ । जसको , अध्यक्ष गणेश बस्नेत उपाध्यक्ष रत्नकुमारी श्रेष्ठ, सचीव सोभित आर्चाय ,कोषाध्यक्ष परमेश्वर जोशी ,सदस्यहरु अमर श्रेष्ठ, सदिप खड्का ,नवराज खत्रीसहित ११ सदस्य रहेका छन ।
उक्त भेलामा बोल्दै केन्द्रिय अध्यक्ष रत्न मगरले संगठनलाई सुदृढ गर्दै आगामी दिनमा दोलखा सम्पर्क मञ्चले महत्वपूर्ण भुमिका खेल्नु पर्ने बताएका थिए ।
राजु कार्किको अध्यक्षतामा भएको उक्त भेला जनगणतान्त्रीक सम्पर्क मञ्च केन्द्रिय अध्यक्ष रत्न मगरको प्रमुख आतिथ्य सम्पन्न भएको हो । उक्त भेलाका अतिथिहरुमा जनगणतान्त्रीक सम्पर्क मञ्चका केन्द्रिय सचिवहरु टीका चौधरी र सुशील बलम्पाकी र केन्द्रिय कोषाध्यक्ष निश्चल थापा रहेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार