नेकपा डडेल्धुरा उत्पादनमा जुट्दै

२०७८ माघ ३ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी डडेलधुराले पार्टीको केन्द्रीय आत्मनिर्भर नीति अनुरूप जिल्लाको परशुराम नगरपालिका वार्ड नम्बर १० लामिजालामा नेताकार्यकर्ताहरु आलुखेतिमा जुटेका छन । नेकपा डडेल्धुरा जिल्ला सचिव विजय राना भन्छन् , “अहिलेको अवस्थामा हरेक व्यक्ति उत्पादनमा नजोडिएर क्रान्ति र आन्दोलनमा योगदान गर्न नसक्ने बताएका छन् ।” उनले भने , ‘ हाम्रो पार्टीको आत्मनिर्भरता सहितको उत्पादनमा भाग लिने निर्णय समेत छ र हामी हाम्रो पार्टी संग आवद्ध सबै कार्यकर्ता उत्पादनमुखी र प्रत्यक्ष श्रममा जोडिएको बताएका छन ।’ समाजवादी आन्दोलनलाई दिगो बनाउन र समाजवाद स्थापना को लामो लड़ाई सफल पार्न हाम्रो सिंगो पार्टी पंक्ति सशक्त रूपले लागिरहेको सचिव रानाले बताए ।
उक्त उतपादन कार्यमा पार्टी जिल्ला सचिव बिजय राना , नगर इन्चार्ज पुर्णिामा धामी , कार्यालय सचिव गणेश बाेहरा, नगर सचिव लाल बाेहरा लगायतका श्रममा जुटेका छन । नेकपा अहिले कृषि द्वारा आत्मनिर्भरता र उद्योग द्वारा समृद्धिकाे नारा सहित हाम्रो पार्टी देशभरि उत्पादन संग जोडिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार