युवा संगठन चार नम्बर टोलीद्वारा मिर्चैयाको बकथलवामा जनभेला

२०७८ माघ ३ गते, सोमबार


काठमाडौँ । जनमत सङ्ग्रहका लागि संगठन सुदृढ तथा विस्तार अभियान भब्य रुपले सफल पारौं भन्ने मूल नाराका साथ युवा संगठन नेपालको केन्द्रिय अभियान चार नम्बर टोलिले सञ्चालन गरेको अभियान अन्तर्गत मिर्चैया नगरपालिका ३ बकथलवामा जनभेला सम्पन्न भएको छ । गत पुष ११ गते उदयपुरको गाइघाटमा नेकपाका केन्द्रिय सचिवालय सदस्य सन्तोष बुढामगरको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको उक्त अभियान सिराहाका विभिन्न वडाहरुमा सञ्चालन भइरहेको छ । सोही अभियानको क्रममा आइतबार मिर्चैया ३ बकथलवामा जनभेला गरिएको छ । जनभेलाबाट युवा संगठन नेपालको अरुण कुमार सदाको संयोजकत्वमा १५ सदस्यीय बकथलवा टोल इकाई कमिटी गठन गरिएको छ । यसैगरी हरिलाल पासवानको संयोजकत्वमा श्रमिक समुदाय मोर्च नेपालको ७ सदस्यीय इकाइ कमिटी गठन गरिएको छ । अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी रेखा सदा को संयोजकत्वमा ११ सदस्यीय इकाइ कमिटी गठन गरिएको छ । जनभेलामा श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रिय सचिव राम कुमार पासवान, युवा संगठन नेपालका केन्द्रिय सचिवालय सदस्य तथा ४ नम्बर टिम प्रमुख बिचारमान र अभियान टिमका जिम्मेवार युवाहरुको उपस्थिति रहेको थियो ।
जनभेलामा श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रिय सचिव राम कुमारले प्रचण्ड, बाबुराम जनतालाई गरेको गद्दारीका कारण नेपाल कम्युनिस्ट पार्टीको महासचिव नेत्र विक्रम चन्द विप्लवको नेतृत्वमा क्रान्तिको झन्डा उठाएको बताए । दलाल संसदिय ब्यबस्थामा प्रचण्डहरु सिद्दिए आफ्नो ब्यक्तिगत सम्पत्ति थुपार्ने र दलाल, भ्रष्टाचार, कमिसनखोरहरु र मुलतः दलाल पुजीपतिहरुको संरक्षण गर्ने ठाउँमा प्रचण्ड पुगेको आरोप लगाए । बाबुराम त झन् कम्युनिस्ट झन्डा नै छोडेर भागेको बताए ।
बिचारमानले गाउँ बस्तीमा छरिएर बसेको युवाहरुलाई एकजुट गरेर संगठित गरेर दलाल पुजीवादीलाई संक्षण गर्नेहरुको विरुद्ध लडनु पर्ने बताए । यो राज्यले ३ बुदे सहमति पनि लागू नगरिरहेको आरोप लगाए । अमेरिकी दलालहरुलाई पनि नेपालबाट लखेट्नु युवाहरुको मुख्य भूमिका रहेको बताउदै एमसीसी जस्तो राष्ट्रघाती सम्झौता नेपालको हितमा नरहेको र फिर्ता पठाउनु पर्ने बताए । यत्तिखेर देश संकटमा परेको भन्दै आफ्नो पार्टी र संगठन देशको जिम्मेवारी लिन तयार रहेको ठोकुवा गरे । देशको निकास संसारमा असफल सिद्ध संसदिय ब्यवस्थाको खारेजी र प्रगतिशील सरकारको गठन प्रगतिशील सरकारको नेतृत्वमा जनमत सङ्ग्रह चुनाव गरिनु पर्ने जनमत सङ्ग्रहको चुनावबाट दलाल पुजीवादी संसदिय ब्यवस्था कि वैज्ञानिक समाजवादी ब्यवस्था ठिक भनेर चुन्ने अधिकार जनतालाई दिनु पर्नेमा जोड दिए । कार्यक्रमको संचालन युवा संगठन नेपालका काठमाडौं जिल्ला अध्यक्ष टाइगरले गरेका थिए ।

प्रतिक्रियाहरु