उत्तर कोरियाद्वारा पुन: अर्को क्षेप्यास्त्र परीक्षण

२०७८ माघ ३ गते, सोमबार

काठमाडौं । उत्तर कोरियाले फेरि अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ । आज विहानै ब्यालिस्टक क्षेप्यास्त्र परीक्षण गरेको जापानका तटीय सुरक्षा गार्डले जानकारी दिएका छन् । दक्षिण कोरियाली सैनिक अधिकारीहरुले पनि उत्तरले प्रक्षेपण गरेको अज्ञात क्षेप्यास्त्र आफ्नो पूर्वी नजिक खसेको जनाएका छन् । जापान र दक्षिण कोरिया दुवैले प्रक्षेपणबारे यो भन्दा बढी बताएका छैनन् । अंग्रेजी नयाँ वर्ष सुरु भएलगत्तै उत्तर कोरियाले श्रंखलावद्ध रुपमा क्षेप्यास्त्र प्रक्षेपण गर्दै आएको छ । गत शुक्रबार मात्रै दुई वटा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । लगातार क्षेप्यास्त्र परीक्षण गरेपछि अमेरिकाले उत्तर कोरियामाथि थप नाकाबन्दी लगाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार