साहासी योद्धा प्याउकला विकको निधन : नेकपाद्वारा श्रद्धाञ्जली व्यक्त

२०७८ माघ ३ गते, सोमबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले कालिकोटमा जनयुद्धको समय सशस्त्र प्रहरीको हतियार खोस्ने निसशस्त्र महिला योद्धा मध्येकी एक घाइते योद्धा तथा महान जनयुद्धका सहिद जीतबहादुर विककी जीवनसङ्गिनी प्याउकला विकको ७३ वर्षको उमेरमा हिजो राति आफ्नै घरमा भएको निधनप्रति दुःख व्यक्त गरेको छ । सो पार्टीका महासचिव विप्लवले शोक वक्तव्य जारी साहास र वीरताको उदाहरण बन्नु भएकी प्याउकला विकको निधनले पार्टीलाई दुखी तुल्याएको बताएका छन् । साथै साहासी योद्धा प्याउकला विकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तव्ध परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । वक्तव्यमा भनिएको छ, `साहास र वीरताको उदाहरण बन्नु भएकी प्याउकला विक क्रान्तिकारीहरुको निम्ति प्रेरणाको श्रोत हुनुहुन्छ ।’


यसैगरी , अखिल नेपाल महिला संघ क्रान्तिकारीले कालिकोट माल्कोट बिथलडाँडामा प्रतिरोध संघर्षका क्रममा घाइते योद्धा प्याउकला विकको निधनप्रति दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्दले आइतबार शोक वक्तव्य जारी गर्दै प्रतिरोध संघर्षमा उहाँले देखाउनु भएको साहस र वीरताको स्मरण गर्दै उहाँप्रति उच्च सम्मान व्यक्त गरेकी छिन् । शोक वक्तव्यमा महिला क्रान्तिकारी आन्दोलनको इतिहासमा प्रतिरोध संघर्षको उच्च नमुना भएको भन्दै कमरेड प्याउकला विकको परिवार एवं आफन्तजनमा गहिरो समवेदना व्यक्त गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु