फिल्म हल र जिम हल माघ १५ सम्म बन्द

२०७८ माघ २ गते, आईतवार


काठमाडौं । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण दिन प्रतिदिन फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै सरकारले माघ १५ गतेसम्म फिल्म हल र जिम हलहरु बन्द गर्ने निर्णय गरेको जानकारी दिएका छ । मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको जानकारी गराएका हुन् । यसअघि नै सरकारले २५ जना भन्दा बढी जम्मा हुन नपाउने, माघ १५ गतेसम्म स्कूलहरु बन्द गर्ने, सार्वजनिक स्थानमा जाँदा कोरोनाविरुद्धको दुवै मात्रा लगाएको खोप कार्ड अनिवार्य गरिसकेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु