सोलु काठमाण्डौ सम्पर्क मंचको तेश्रो जिल्ला भेला सम्पन्न

२०७८ माघ १ गते, शनिबार

काठमाडौं । जनगणतान्त्रिक सम्पर्क मंच अन्तरर्गत सोलु काठमाण्डौ सम्पर्क मंचको तेश्रो जिल्ला भेला सम्पन्न भएको छ । उक्त तेश्रो जिल्ला भेलाको उद्धघाटन नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य तथा जनगणतान्त्रिक सम्पर्क मंचका फ्रयाक्सन ईन्चार्ज चिरन पुन “मिलन”ले गरेका थिए । नेता मिलनले उद्धघाटन मन्तव्य राख्दै आज देशमा भैरहेको सङ्कटको निकाश भनेको जनमत सङ्ग्रह मार्फत वैज्ञानिक समाजवादमा जाने कुराले दिने कुरा बताए । उनले आजसम्म देशमा पार्टी र तिनै पार्टीका नेतालाई जनताले मतदान गरे अब ब्यवस्थालाई मतदान गर्नु पर्दछ । नेपाली जनताले सिधै ब्यवस्थामा मतदान गर्न पाउनु पर्दछ । आफ्नो पार्टी ३ बुँदे सहमती गरेर शान्तिप्रकृयामा आएको कुरा बताउदै उनले राज्य त्यसमा गम्भिर नभएमा जनताले विद्रोह गर्ने बताए । नेता मिलनले विभिन्न राष्ट्रघाति तथा जनघाति काण्डै काण्डहरुमा मुछिएको वर्तमान दलाल पुँजिवादी राज्यसत्ताबाट जनताको नभएकोले आफ्नो पार्टी जनताको सुन्दर राज्य बयवस्था वैज्ञानिक समाजवाद स्थापना गर्ने गर्भिलो यात्रामा रहेको बताउदै एकीकृत जनक्रान्तिनै आजको सहि कार्यदिशा भएको ठोकुवा गरे ।
तेश्रो जिल्ला भेला सफलताको शुभकामना दिने अन्यवक्ताहरुमा जनगणतान्त्रिक सम्पर्क मंचको केन्द्रीय अध्यक्ष रत्न मगर, श्रमीक समुदाय मुक्ति मोर्चा नेपालका केन्द्रीय सचिवालय सदस्य विशाल विश्वकर्मा, जनगणतान्त्रिक सम्पक मंचका केन्द्रीय महासचिव पुर्ण श्रेष्ठ, सचिवद्धय शुशिल बलम्पाकी, टिका चौधरी, कोषाध्यक्ष नरेन्द्र थापालगायत रहेका थिए ।


तेश्रो जिल्ला भेलाले फुर्वा तामाड्डको अध्यक्षतामा २१ सदस्यीय सोलु काठमाण्डौ सम्पर्क समिति गठन गरेको छ । जसको उपाध्यक्षमा यथिन बम्जन र रामकुमार नेपाली रहेका छन । त्यस्तै सचिव फूर्वा तामाड्ड ए, सहसचिव फुर्वा तामाड्ड वि, र कोषाध्यक्ष करुणा तामाड्ड रहेका छन । त्यस्तै सदस्यहरुमा मेघराज तामाड्ड, पेम्वा तामाड्ड, डोल्मा तामाड्ड, सुनिता तामाड्ड, विशाल तामाड्ड, गेलु तामाड्ड, सरस्वती तामाड्ड, धनबहादुर तामाड्ड, लार्पा तामाड्ड, दिलमाया तामाड्ड, अप्सरा तामाड्डलगायत रहेका छन ।
तेश्रो जिल्ला भेलाको अध्यक्षता यथिन बम्जन, स्वागत मन्तव्य कमरेड फुर्वा तामाड्ड ए, र संचालन फुर्वा तामाड्डले गरेका थिए भने कलाकारहरुद्धारा विभिन्न जनवादी गीत र नृत्य पनि प्रस्तुत भएको थियोे । तेश्रो जिल्ला भेलाले आगामी जनगणतान्त्रिक सम्पर्क मंचको तेश्रो ऐतिहाँसिक राष्ट्रिय सम्मेलनलाई भब्यरुपमा सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु