सात बिद्यार्थी संगठनद्वारा शर्मालाई कालोमोसो दलेको स्वीकार : गिरपतार मास्के र पुनलाई तत्काल रिहा गर्न माग

२०७८ माघ १ गते, शनिबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीसहित सात बिद्यार्थी संगठनले नोबेल कलेज र काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीले शिक्षा मन्त्रालय परिसरमै कालोमोसो दलेको जिम्मेवारी लिदैं घटनामा गिरपतार अनेरास्ववियुका उपमहासचिव महेश मास्के र स्थायी कमिटी सदस्य अमर पुनको सिग्र रिहाईको माग गरेका छन। यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीसहित सात बिद्यार्थी संगठनले जारी गरेको संयुक्त प्रेस विज्ञप्ति यस प्रकार रहेको छ – “काठमाडौँ मेडिकल कलेज काठमाडौ, नोवेल मेडिकल कलेज विराटनगर र मणिपाल मेडिकल कलेज पोखरामा विगत ४१ दिन देखि चिकित्सा शिक्षाका MBBS, BDS र BNSका विद्यार्थीहरु मेडिकल कलेजको अतिरिक्त शुल्क, अनिवार्य होस्टेल लगायतका विषयहरुमा मागहरु सहित आन्दोलनरत रहेका छन । तर मेडिकल कलेजहरु विद्यार्थीहरुका जायज मागमा छलफल गर्नुको साटो विद्यार्थीहरु लाई डर, धम्की र परिवारलाई मानसिक तनाव दिइँ निति, नियम र कानुनलाई ठाडो चुनौति दिईरहेका छन । यस वीचमा संयुक्त विद्यार्थी सङ्गडनहरुको तर्फबाट शिक्षा र गृह मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाईएकोमा आज शिक्षा मन्त्रालयमा सरोकारवाला पक्ष वीच छलफल गर्ने क्रममा मेडिकल माफिया सुनिल शर्माले विद्यार्थी र अविभावकहरु लाई हतोत्साहित गर्ने, निर्णयहरुमा नोड अफ डिसेन्ट लेख्ने र सङ्घठनहरुलाई समेत दुव्यवहार गर्ने हर्कत गरेकाले मेडिकल माफिया सुनिल शर्मालाई सिंहदरबार स्थित शिक्षा मन्त्रालय परिसरमा संयुक्त विद्यार्थी सङ्घठनहरुको तर्फ बाट कालोमोसो दलिएको छ । यसको जिम्मेवारी सात विद्यार्थी सङ्गठनहरुले लिदैं घटनामा गिरपतार अनेरास्ववियुका उपमहासचिव क महेश मास्के र स्थायी कमिटी सदस्य क अमर पुनको सिग्र रिहाईको माग समेत गर्दछौ ।
अन्तमा, नेपालको मेडिकल शिक्षाको सम्पुण जिम्मेवारी राज्यले लिएर सबै नागरिकहरुको पहुँचमा मेडिकल शिक्षा पुर्याउन र आन्दोलनरत विद्यार्थीहरुको पठनपाठनको व्यवस्था अविलम्ब गर्ने पनि जोडदार माग गर्दछौ ।”

प्रतिक्रियाहरु