सन्दर्भ माघे संक्रान्तिकोः प्रसंग धर्म, संस्कार र संस्कृतिको

खगेन्द्र छन्त्याल २०७८ पुष ३० गते, शुक्रबार



माघे संक्रान्तिलाई चाडको रूपमा किन र कहिलेदेखि मनाउन सुरू गरियो ? यस पछाडिको स्वार्थ के थियो ? रहस्य के थियो ? र यसको प्रचलन कसले सुरूग¥यो गरायो ? यी प्रश्नको वैज्ञानिक जवाफ म सँग छैनन । निश्चयनै चाड, पर्व भनेको संस्कृतिका गतिला झलक हुन् । मैले बुझेको ः धर्म र संस्कृतिको अगाध सम्बन्ध हुन्छ अर्थात् कुनैपनि संस्कृति यो या त्यो धर्मद्वारा प्रत्यक्ष निर्देशित हुन्छ । जस्तै ः क्रिसमस ईसाइ धर्म, ईद मुस्लिम धर्म र दशै हिन्दू धर्मद्वारा निर्देशित चाड हुन् । तत्तत् जनजाति कै चाहनामा गत केही सालदेखि माघे संक्रान्तिलाई छन्त्याल, मगर र थारू समुदायको चाड हो भनेर राज्यद्वारा हुकुम बक्स भएको अवस्था हो ।
बिज्ञहरू भन्छन ः माघे संक्रान्ति पनि दशै, तिहार जस्तै हिन्दू धर्मद्वारा निर्देशित हिन्दू संस्कृति अन्तर्गत कै एक अर्को चाड हो । यदि कुरो त्यसो हो भने माथि उल्लेल्खित तीन आदिवासी जनजातिहरू जो हिन्दू धर्म र बर्ण ब्यवस्था भन्दा बाहिरका समुदायहरू हुन् उनीहरूको चाड कसरी बन्यो त माघे संक्रान्ति ? यो चासोको विषय हो ।
यथार्थमा पृथ्वीको उत्पत्ति कुनै ईश्वरले गरेको होइन त्यो त ब्रमाण्डको बिकासको क्रममा अरू ग्रहहरू जस्तै हजारौ वर्षको निरन्तर बिकासको प्राकृतिक प्रक्रियामा भएको हो । न त पृथ्वीको उत्पत्ति हँुदा या न त पृथ्वीमा मान्छेको उत्पत्ति हँुदा नै संसारमा न कुनै ईश्वर, न कुनै धर्म, न कुनै संस्कृति र न कुनै जातजाति नै थिए । यी त सबै मानवद्वारा सिर्जित र निर्मित कुराहरू हुन् । मानव उत्पत्ति प्रश्चात्को लामो समय एउटा मानव समाज अर्थात् आदिम साम्यवादी युगमा कुनै ईश्वर, भगवान, धर्म, संस्कृति र जातजातिका परिकल्पना गरिएको थिएन । मानव समाजले जब दोस्रो चरण अर्थात् दास युगमा प्रवेष ग–यो तब त्यसको सँगै व्यक्तिगत सम्पत्तिको पनि ब्यवस्था भयो ।
व्यक्तिगत सम्पतिको ब्यवस्था भएसँगै धनि गरिव, ठूलो सानो, उच निच, को परिपाटी बन्यो । जब यी धनि गरिव ठूलो सानो, उच निच, को परिपाटी बन्यो तब ईश्वर भगवान, देवता र राक्षस, धर्म र संस्कृति अनि जात र जातीको पनि परिकल्पना र ब्यवस्था गरिए । दास युगदेखि सुरू गरिएको यो परिपाटीलाई समाजको एउटा बर्ग जसले आफुलाई धनि, ठूलो र माथिको ठान्छ ले आफ्नो बर्ग स्वार्थको निम्ति समाज बिकासको अरू चरणहरू सामन्तवादी युग र हालको पूँजीवादी र साम्राज्यवादीयुगमा पनि बिकसित र ब्यवस्थित गर्दै टिकाई रहेकोछ । निश्चय नै समाज बिकासको अर्को चरण अर्थात् बैज्ञानिक साम्यवादी युगमा जब व्यक्तिगत सम्पतिको अन्त्य हुन्छ तब धनि गरिव, उचनिच र ठूलो सानोको परिपाटीको अन्त्य हुन्छ जब यो परिपाटीको अन्त्य हुन्छ तब ईश्वर भगवान, देवता राक्षस, धर्म संस्कृति र जातजातिका व्यवस्थाको पनि स्वतः अन्त्य भै वर्ग बिहीन र विभेद बिहीन समाजको स्थापना हुन्छ ।
सबै धर्म संस्कृति र चाडपर्वको जस्तै माघे संक्रातीको हकमा पनि यहि कुरा सत्य हो । आध्यात्मवादीहरू भन्छन् मान्छे मरे पश्चात् पुगिने ठाउँ दुई वटा हुन्छन् एक ः स्वर्ग र दुई ः नर्क । अर्थात् धर्म,संस्कार र संस्कृति मान्नेहरू स्वर्गमा जान्छन् नमान्नेहरू नर्कमा जान्छन् । भौतिकवादीहरू भन्छन्ः मान्छेको मृत्यु पश्चात् उसको शरीर एकमुट्ठी खरानी बनेर फोहोरमा मिल्न जान्छ त्यो भन्दा अर्को ठाउँ कहिँ जाँदैन ।
तसर्थ ईश्वर, भगवान्, धमर्, संस्कार र संस्कृतिहरू मान्छेद्वारा नै सिर्जित चिजहरू भएको कारण यी चिजहरूमा इच्छा र आस्था नहुनेहरूले नमान्दा पनि आध्यात्मवादीहरूले भने जस्तो कुनै अनिष्ट चाहिँ हुँदैन । तर बिविध भ्रम र बाध्यताको कारण परम्परादेखि मान्दै आएको र त्यसलाई एउटा अनिवार्य संस्कारको रूपमा ग्रहण गर्दै आएको कारण धर्म संस्कार र संस्कृति मानिरहेका मान्छेहरूलाई ती चिजहरूले बिषालु नशाले झैँ नराम्रोसँग लठ्ठाएको हुन्छ । सायद यस्तै देखेर होला कार्ल माक्र्सले उल्लेख गर्नु भएकोछ “धर्म जनताको निम्ति अफिम हो ।”
त्यसकारण मान्छेको शरीरमा पुस्तौँ पुस्तादेखि जबर्जस्त चढेको यो नशालाई एकाएक एकै दिनमा उतार्न खोज्नु मूर्खता सिवाय केहि हँुदैन । हर जो कोहिले ती चिजहरूलाई मान्ने इच्छा चाहना राख्छ र उसले त्यसलाई मान्छ भने उसको त्यो स्वतन्त्रतालाई पनि कदापि कुल्चनु हुँदैन । बरू उसलाई विज्ञान, प्रविधि तिर आकर्षित गराउँदै बिस्तारै स्वतस्फुर्त ढंगले ऊ आफै त्यसप्रकारको नशाबाट मुक्त हुने वातावरण बनाउनु पर्दछ । साथै विज्ञानको बिकास र परिवर्तनको गति सँगै समय सापेक्ष ढंगले र जनताको जीवन सुहाउँदो किसिमले धमर्, संस्कार र संस्कृतिहरूको परिमार्जन पनि गर्दै गराउँदै जानुपर्दछ ।

प्रतिक्रियाहरु