नेकपा ललितपुरद्वारा ३७ आना जग्गा कब्जा

२०७८ पुष ३० गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ललितपुरले महालक्ष्मी नगरपालिका वडा न. ६ सानोगाउमा कित्ता नम्बर ६ मा फैलिएको ३७ आना जग्गा कब्जा गरेको छ। सो पार्टीले ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा न. ६ सानोगाउमा कित्ता नम्बर ६ मा फैलिएको ‘भू-माफिया’को ३७ आना जग्गामा पार्टीको झण्डा र ब्यानर गाडेर कब्जा गरेको बताएको छ । २००७ साल भन्दा अगाडीदेखि इन्द्रराम महर्जनको बाबु बाजेले जोतभोग गर्दै आयको उक्त जग्गा बुद्धरत्न महर्जनले जालसाझी गरि मालपोत र नापी कार्यालयलाइ प्रलोभनमा पारि आफ्नो नाममा पास गरेर सोझा किशानलाई उपभोगबाट बन्चित गरेको, गुण्डागर्दिको शैलीमा किशानलाई धम्काउने काम गरेको हुदा पनि उक्त पिडित किसानले कहि कतैबाट न्याय नपाएपछि नेकपा ललितपुर जिल्ला कमिटिमा निवेदन पेश गरेअनुसार नेकपा ललितपुरले उक्त भूमाफियाको जग्गा ब्यानर र झण्डा गाडेर कब्जा गरेको जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु