‘नेपाललाई गर्ने सहयोगमा राजनीतिक स्वार्थ लुकेको छैन’

२०७८ पुष ३० गते, शुक्रबार


काठमाडौं । चीनले नेपाललाई गर्ने सहयोगमा कुनै राजनीतिक तथा सामरिक स्वार्थ नलुकेको प्रष्टीकरण दिएको छ । नेपालका केही संघसंस्थाहरुले राजधानीको माइतीघर मण्डलामा चीन विरुद्ध प्रदर्शन गरेपछि चीनले चासो व्यक्त गरेको हो । काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले हिजो बेलुका वक्तव्य जारी गर्दै नेपालको सीमा मिचेको, नाकाबन्दी लगाएको, विद्यार्थीलाई फर्कन नदिएको र नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्ने आरोपहरुको खण्डन गरेका छन् । नेपाल जागरुक संघको ब्यानरमा केही ब्यक्तिहरुले गत बुधबार माइतीघर मण्डलमा चीनसँगको सरोकारका मुद्दा कार्यान्वयन हुनुपर्ने माग राख्दै प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनको भोलिपल्ट चिनियाँ दूतावासले प्रतिक्रिया जनाएको हो ।
चीनले नेपाललाई उसको महत्वाकांक्षी पूर्वाधार परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को महत्वपूर्ण अंग मानेको र आफूले नेपाललाई गर्ने सहयोगमा कुनै राजनीतिक उद्देश्य नरहेको समेत प्रष्ट पारेको छ । नेपाल र चीनबीच सीमा समस्या नरहेको दोहो¥याउँदै सन् १९६० कै मैत्रीपूर्ण परामर्श अन्तर्गत सीमा समस्या हल भएको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रियाहरु