नेकपाका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री खाॅडबीच भेटवार्ता : तीन बुँदे सहमति कार्यान्वयनको मार्ग चित्र तयार पार्ने सहमति

२०७८ पुष २९ गते, बिहीबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बालकृष्ण खाॅडबीच विहिवार अपरान्ह भेटवार्ता भएको छ । उक्त भेटवार्तामा तत्कालिन ओली सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीन बुँदे सहमतिलाई देउवा सरकारले कार्यान्वयन गर्ने प्रक्रियामा सरकारको तर्फवाट भए गरेको कामको बारेमा छलफल भएको बताइएको छ । उक्त भेटवार्तामा तीन बुँदे सहमतिलाई कार्यान्वयन गर्न छिट्टै सरकारका सम्बन्धित निकायको संयुक्त बैठक आयोजना गरी समीक्षासहित कार्यान्वयनको मार्ग चित्र तयार पार्ने सहमतिसमेत भएको बताइएको छ ।
यसैगरी , दुई नेताबीचको उक्त भेटवार्तामा देशको बिध्यमान राजनीतिकलगायतका समस्याहरुको समाधानको बारेमा सकारात्मक दिशा प्रदान गर्ने छलफलका साथै सहमतीसमेत भएको बताइएको छ।
उक्त भेटवार्तामा कोरोनाको तेस्रो लहरले जनतामा पारेको असर र त्यसको समाधान र नियन्त्रणसम्बन्धि समझदारी , काठमाडौँ मेडिकल कलेजको बिद्यार्थी आन्दोलन र त्यसको समाधानबारे सरकार र गृह मन्त्रालयको भूमिकाका बिषयमा समेत छफल भएको बताइएको छ ।
यसैगरी , उक्त भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड कुमार पौडेलका हत्यारालाई कारबाहीको दायरामा ल्याउन सरकार र गृहमन्त्री बालकृष्ण खाॅडलाई गम्भीर ध्यानाकर्षण समेत गराएको बताइएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु