चेल्सी लिग कप फुटबलको फाइनलमा

२०७८ पुष २९ गते, बिहीबार


काठमाडौं । गएराति टोटनह्यामको मैदानमा भएको सेमिफाइनल खेलमा टोटनह्याम हट्सपरलाई हराउँदै चेल्सी इंग्लिस लिग कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । खेलमा चेल्सी १–० ले विजयी भएको हो । उसका लागि जर्मन डिफेन्डर एन्टोनियो रुडिगरले निर्णायक गोल गरे । पहिलो लेगमा २–० ले विजयी भएको चेल्सी गएरातिको जितसँगै समग्रमा ३–० को परिणामसहित फाइनलमा पुगेको हो ।
उता इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्ट ह्याम युनाइटेड चौथो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा नरिच सटीलाई २–० ले हराउँदै वेष्ट ह्यामले तालिकामा चौथो स्थानको आर्सनललाई प्रतिस्थापन गरेको हो । वेष्ट ह्यामको जितमा दुबै गोल इंग्लिस स्ट्राइकर ज्यारोड बोवेनले गरे । जितसँगै वेष्ट ह्याम युनाइटेडले लिगमा २१ खेलबाट ३७ अंक जोडेको छ । २० खेलबाट ३५ अंक जोडेको आर्सनल पाँचौ स्थानमा झरेको हो । शिर्ष स्थानको म्यान्चेस्टर सिटीको २१ खेलबाट ५३ अंक छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु