‘एमसीसी कार्यान्वयन भए नेपाल अमेरिकाको सैन्य अखडा’

२०७८ पुष २६ गते, सोमबार


नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले एमसीसी कार्यान्वयन भए नेपाल अमेरिकाको सैन्य अखडा हुने र नेपाली भन्ने अवस्था नहुने ठोकुवा गरेका छन । जनपत्रकार सङ्गठन नेपाल बाँकेले आयोजनामा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता कञ्चनले सो ठोकुवा गरेका हुन् । नेता कञ्चनले संसदीय व्यवस्थाको अर्थव्यवस्था पूरै असफल भएकाले वैज्ञानिक समाजवाद अनिवार्य भएको बताए । उनले नेपालमा जनमतसङ्ग्रहको चुनावबाट राज्य संरचना बदल्नुपर्ने धारणा पनि राखे । राज्यव्यवस्था असफल भएका बेला नेपालमा एमसीसीको विषय उठाएर राष्ट्र असफल बनाउनेतिर साम्रज्यवादीहरू लागेको नेता कञ्चनको भनाइ थियो । एमसीसी नेपालबाट खारेज गर्नुको विकल्प नभएको भन्दै नेता कञ्चनले ठूलो कमिसनको खेलमा केही पत्रकार, केही राजनीतिक दलका नेता र केही बुद्धिजीवी भन्नेहरूलाई किनेर एमसीसीको पक्षमा बोल्न लगाइएको खुलासा पनि गरे । उनले भने, ‘संसद्‌वादी पार्टीहरूका लागि ५ अर्ब, पत्रकारका लागि अढाइ सय अर्ब र बुद्धिजीवी भन्नेका लागि अढाइ सय अर्ब पैसा छुट्ट्याइएको खबर पाएका छौँ जसले गर्दा केही मानिसहरू पहिले एमसीसीको विरोध गर्थे भने अहिले पक्षपोषण गरिरहेका छन् ।’
पत्रकार भेटघाटमा नेकपाका केन्द्रीय सदस्य दीपकले आफ्नो पार्टीले स्वतस्फूर्त सहायोग लिने गरेको भए पनि चन्दाआतङ्क नफैलाएको र आफ्नो नाममा केही चन्दा उठाउने गिरोह लागेको बताए ।
जनपत्रकार सङ्गठन बाँकेका अध्यक्ष कमलप्रसाद अधिकारीको अध्यक्षता र सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्लाभर क्रियाशील पत्रकारहरूको सहभागिता थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु