पुँजीवादको आर्थिक संकट : एक टिप्पणी

२०७८ पुष २५ गते, आईतवार

शेरबहादुर विश्वकर्मा

पुँजीवाद रहेसम्म, यो प्रणालीमा आवधिक रुपमा आर्थिक संकटहरु आइरहन्छन्, त्यो संकटले उत्पादक शक्तिको विनाश गर्छ र त्यसलाई सचेत प्रयत्नद्वारा क्रान्तिकारी दिशामा रुपान्तरण गर्न सकिन्छ भन्ने मान्यता नै माक्र्सवादी राजनैतिक अर्थशास्त्रको गुदी कुरा हो । मैले पुँजीवादी उत्पादन सम्बन्धमा आइरहने चक्रिय संकटलाई सहज र सरल रुपमा बुझाउन र संकटको पुँजीवादी विरोधाभाषबारे स्पष्ट गर्ने उद्देश्यले एकजना भारतिय माक्र्सवादी विद्वान् नरेन्द्र कुमारद्वारा लिखित किताबबाट एउटा सानो कहानीको अंश अनुवादसहित साभार गरेको छु । उनी लेख्छन््– “एउटा कोइला मजदुरको बच्चाले कठ्याङ्ग्रिदो चिसो रातिमा आमालाई भनेछ, ‘आमा आगो बाल्नुहोस्, यस्तो ठण्डी धेरै सहन गर्न गाह्रो भो, आमाले एकदमै उदास स्वरमा भनिन्, “घरमा कोइला छैन,” फेरि बच्चाले सहजभावमा सोध्यो, “किन ?” अनि आमाले अलि चर्को र व्याङ्ग्यात्मक लवजमा भनिन्– “किन कि कोइलाको उत्पादन अति ज्यादा हुन गएको छ ।”

आमाको उत्तरमा निहित अन्तरविरोधी पक्षको बारेमा उसले नबुझे पछि बच्चा उदासीन र मलिन अनुहारसहित ऊ घोक्राइरह्यो । त्यसपछि बच्चालाई आफ्नो काखमा राख्दै आमाले शान्त स्वभावले भनिन्, “कम्पनीले कोइलाको उत्पादन ज्यादा गरिदियो, बजारमा मागको कमी भयो, माग घटेपछि कम्पनीले खानी बन्द गरिदियो, अनि तिम्रो बाबाको नोकरी पनि गुम्यो, बाबु तिमीलाई थाहा छ, जब तिम्रो बाबाको नोकरी छुट्यो, तब देखि घरमा यति पनि पैसा छैन कि जसले छाक टार्न रोटी किन्न सकुँ, भने छाप्रोलाई न्यानो बनाउन कोइला कसरी किन्न सक्नु, कम्पनीले त कोइला मुनाफाका लागि बेच्छ, उसले विना पैसा हामीलाई कोइला किन दिनु ।”

पुँजीवादका अन्य कैयौँ विशेषता, चरित्र र विरोधाभाषी नियमहरुमध्ये हामीले बुुझ्नै पर्ने दुईटा मुख्य स्वभाव छन््– नाफा र पुँजीको विस्तारित पुनरुत्पादन । के उत्पादन गर्ने, कति उत्पादन गर्ने, किन उत्पादन गर्ने, कहाँ उत्पादन गर्ने, भन्ने कुराको निक्र्योल ती वस्तु तथा सेवाहरुले पुँजीपतिलाई नाफा प्राप्त भइरहेको छ वा छैन भन्ने कुराहरुले निर्धारण गर्दछन्् । कुनै वस्तु तथा सेवा समाजका लागि उपयोगी छन्् वा छैन, वस्तुले सामाजिक नैतिकता र मर्यादा प्रतिकुल असर गर्छ वा गर्दैन, यो कुनै निर्णायक विषय हुँदैन, मुख्य कुरा नाफा प्राप्ति हुन्छ वा हुन्न भन्ने मान्यता राखिन्छ । जाँड रक्सी, लागू औषधदेखि वेश्यावृत्तिसम्म पुँजीवादका लागि क्रय–विक्रय गर्न सकिने वस्तुहरु हुन । त्यस्तै, मालको उत्पादन कसरी गर्ने, उत्पादन पद्धति के हुन्छ भन्ने बारे विस्तारित पुनरुत्पादनको बारेमा अलिकति चर्चा गरौँ । माल उत्पादन प्रणाली प्रारम्भ हुन अघिका प्रणालीहरुमा माल–मुद्रा र फेरि मालको सूत्रअनुसार वस्तुको परिचलन हुन्थ्यो । माल उत्पादन गर्ने, मुद्रामा विनिमय गरेर आपूmसँग नभएको अर्को वस्तु किन्ने वा विनिमय गर्ने । तर पुँजीवादी उत्पादन प्रणालीमा यो सूत्रलाई उल्ट्याइन्छ, मुद्रा–माल–मुद्रा । मुद्राको परिचालन स्थिर र परिवर्तनशील साधनहरुमा गरिन्छ, माल उत्पादन हुन्छ र त्यो विक्री गरेर पुनः पहिलेको लगानीभन्दा पुँजीको सञ्चयमा बढोत्तरी हुन्छ । भूमि, भवन र मेसिन जस्ता उत्पादनका साधनहरुमा मानवीय (परिवर्तनशील साधन–ज्यालादारी श्रमको संयोजन गरिन्छ र निरपेक्ष तथा सापेक्ष अतिरिक्त श्रमको शोषणद्वारा कुल पुँजीमा वृद्धि हुन्छ । यसलाई अर्को तरिकाद्वारा पनि भन्न सकिन्छ, जस्तो कि भूमि, पुँजी र संगठनको रुपमा उत्पादनका साधनहरुमा कुल आयको वितरण गर्ने प्रक्रियामा भूमि, पुँजी र उद्यमीको भागमा सम्पत्तिको केन्द्रिकरण हुँदै जान्छ, पुँजी र उपयोग मूल्यको सर्जकको रुपमा रहेको श्रमिक वर्गको क्रयशक्ति घट्दै जान्छ, उनीहरुको श्रमशक्तिको शोषणद्वारा पुँजीपतिहरुको स्थिर पुँजीमा वृद्धि हुँदै जाने प्रक्रियामा उत्पादित मालको माग घटछ । यसैलाई पुँजीवादी अर्थशास्त्रीहरुले प्रभावकारी मागको कमी भनेर पनि व्याख्या गरेका छन्् ।

पुँजीवादमा आइरहने संकटलाई मन्दी, संकट, पुनरुत्थान र समृद्घिको चक्रको रुपमा पनि बुझ्न सकिन्छ । यसरी आवधिक रुपमा आउने पुँजीवादी संकटको खास कारण बारे एंगेल्सले यसरी लेखेका छन्् ः उत्पादनको सामाजिक चरित्र र उपभोगमा व्यक्तिगत स्वामित्वले निम्त्याएको भयानक विस्फोट । नाफा, पुँजी सञ्चय र पुँजीको विस्तारित पुनरुत्पादन ९भ्हउभलमभम चभउचयमगअतष्यल या अबउष्तब०ि ले ज्यालादारी श्रमिक वर्गको अतिरिक्त मूल्यको शोषणद्वारा पुँजीको केन्द्रिकरण हुँदै जाने र मजदुर वर्गको उपभोग क्षमतामा कमि हुुँदै जाने प्रक्रियामा, जो संकट देखापर्छ त्यसलाई किन्सलगायतका अर्थशास्त्रीहरुले बचत विरोधाभाष ९एबचबमयह या तजचषत० को सिद्धान्तको रुपमा अथ्र्यायका छन् । यसअनुसार मानिसहरुको जीवनमा दुई प्रकारका जोखिम हुन्छन्् ज्ञय र अज्ञय । भविष्यमा आउन सक्ने ती जोखिमहरुलाई न्यूनीकरण गर्न उनीहरुले आफ्नो आयको सबै भाग खर्च नगरि बचत गर्न खोज्छन्, यसरी बचत गर्दै जाने मानिसको प्रवृृतिको कारण बचत बढ्दै गई मागमा कमी आउँछ र यसले नै आर्थिक संकट पैदा गर्छ । फेरि पनि यो सिद्धान्तको मुख्य उद्देश्य अतिरिक्त श्रमको शोषण र पुँजीको विस्तारित पुनरुत्पादनद्वारा उत्पन्न पुँजीवादी आर्थिक संकटको आधारभूत कारणलाई लुकाउनु र अन्ततः पुँजीवाद दीर्घजीवि छ भनेर सावित गर्नु नै हो ।

हामीले अघि नै भन्यौँ पुँजीवाद नाफा प्रेरित अर्थ प्रणाली हो । नाफाविना यो एकछिन् पनि बाँच्न सक्तैन । यसका लागि पुँजीपतिहरुबीच जुन प्रतियोगिता चल्छ, त्यसले बजारको माग र उत्पादनको परिणामबीच एउटा भयनाक असन्तुलन        ल्याइदिन्छ । नाफाको दौडमा रहेका पुँजीपतिहरुले त्यहाँ र त्यो वस्तुमा लगानी गर्दछन्् जहाँ र जुुुन वस्तुको नाफा दर उच्च छ । जब अर्थतन्त्रमा समृद्घिको समय हुन्छ, माग बढ्दै गइरहेको हुन्छ, माग र मूल्य बढ्दा आपूर्ति पनि बढ्छ र त्यही क्षेत्रमा लगानी केन्द्रित हुँदै जाँदा तुलनात्मक रुपमा कम नाफादर भएका अन्य वस्तु तथा सेवाहरुको क्षेत्रमा लगानी घट्ने र पुरानो सन्तुलनमा गढबढी आउने हुन्छ भने अर्कातिर विस्तारित पुनरुत्पादनको पुँजीवादी चरित्रका कारण श्रमिकहरुको जीवनस्तरमा गिराबट आउन थाल्छ, कैयौँ ज्यालादारी श्रमिकहरु बेरोजगार बन्दै जान्छन््, कैयौँको ज्यालादार घट्छ, यसरी पुँजीवादी प्रणालीमा आउने आर्थिक संकट र त्यसले ल्याउने भयानक बेरोजगारीलाई माक्र्सले “औधोगिक रिजर्व सेना” को संज्ञा दिनुभएको थियो र बेरोजगारीहरुको विशाल पंक्ति नै समाजवादी क्रान्तिको लागि सशस्त्र बलको रुपमा अगाडि आउने विश्लेषण गर्नुभएको थियो । तर, माक्र्सकालीन युरोपको औद्योगिक पुँजीवाद र आजको पुँजीवादमा कैयौँ अन्तरहरु देखिएका छन्् । प्रतियोगिताको ठाउँँ एकाधिकार र बहुराष्ट्रिय निगमहरुले लिएका छन्् । पुँजीवादको आधारभूत र शोषणकारी चरित्र यथावत् हुदाँहुँदै पनि रुप पक्षमा कैयौँ परिमार्जनहरु आएका छन्् । सन् १९२९—३३ को महामन्दी, प्रथम र द्वितीय विश्वयुद्घजस्ता पुँजीवादका संकटहरुले ल्याएका विपत्तिहरुबाट सुशिक्षित हुँदै उनीहरुले मजदुरहरुका लागि आधारभूत मानवीय आवश्यकताको सुनिश्चितता गर्ने नीति लिएका छन््, कतिपय उत्पादनका क्षेत्रमा मजदुरहरुकै शेयर राख्न लगाउने, बीमा, सञ्चयकोष, आठ घण्टाको कार्यअवधिभन्दा बढी काम गर्दा ओ. टि. दिने जस्ता सुधारहरु गरिएका छन्् । अर्थशास्त्री किल्सद्वारा सन् १९३६ मा लेखिएको जनरल थ्यरी को मूल सार नै पुुँजीवादमा आउने आवधिक संकटलाई भरथेग गर्न सार्वजनिक खर्च, सामाजिक सुरक्षा र लोककल्याणमा वृद्घि गर्ने कुराहरुसँग सम्बन्धित छ । संसारभरि निरपेक्ष रुपमा गरिबीको रेखामुनि रहेको जनसंख्यालई सन् २०३० सम्म मध्यम स्तरमा पु¥याउने कुरा सहश्राब्दी विकास लक्ष्य र खासगरी दिगो विकास लक्ष्य ९कगकतबलबदभि मभखभयिऊभलत नयब(ि क्म्न्० को एउटा कम्पोनेन्ट हो । योअनुसार नै विश्व बैंक, आइ. यम. यफ., ए. डि.वि., यन. जी. ओ हरु जि. ले प्रयत्न पनि गरिरहेका छन्् । चिनियाँहरुले पछिल्लो आवधिक योजनामा सत्तरी करोड जनतालाई गरिबीको लाइनबाट माथि उकाल्दै मध्यम स्तरको जीवनस्तरमा बदलिएको विषयलाई सि.जिन.पिङ.र चिनियाँ विशेषताको समाजवादको सफलताको रुपमा समेत चर्चा गरिँदै आएको छ । यसको अन्तिम उद्देश्य नै सत्ताको संकट र विकल्पलाई रोक्न समाजवादी क्रान्ति र मजदुर वर्गीय विद्रोहलाई रोक्नु नै हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु