देशको धेरैजसो स्थानमा वर्षा : पर्वतारोहण नगर्न आग्रह

२०७८ पुष १४ गते, बुधबार


काठमाडौं । मौसम पूर्वानुमान महाशाखा आज देशको धेरैजसो स्थानमा बदली रहने र उच्च वर्षासमेत हुने बताइएको छ । यो समयमा पर्वतारोहण, हवाईरयातायातलगायत नगर्न सुचनासमेत जारी गरेको छ । दैनिक जनजीवनमै असर पर्नेगरी मौसम प्रतिकुल हुने हुनाले सतर्कता अपनाउन मौसमविदहरुले जानकारी गराएका छन् । चिसोबाट बच्न आग्रहसमेत गरिएको छ । वर्षा हुनेक्रम बिहीबार र शुक्रबार पनि जारी रहनेछ । बिहीबार पनि देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरूका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
त्यस्तै शुक्रबार देशभर आंशिक बदली रही एक वा दुई स्थानहरूमा हल्का वर्षा र गण्डकी प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागहरूका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु