‘दलाल पुँजिवादी संसदीय ब्यवस्थाका कारण राष्ट्रिय स्वाधीनता सङ्कटमा’

२०७८ मंसिर २२ गते, बुधबार


काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख कञ्चनले दलाल पुँजिवादी संसदीय ब्यवस्थाका कारणले गर्दा नेपालको राष्ट्रिय स्वाधीनता जहिले पनि सङ्कटमा पर्दै आएको र यसको असर खेलकुद क्षेत्रमा समेत प्रत्यक्ष परेको ठोकुवा गरेका छन। नेपाल गणतान्त्रिक खेलकुद महासंघ केन्द्रीय समितिद्वारा आयोजित “राष्ट्रिय स्वाधीनतामा खेलकुदको भुमिका” विषयक बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधनगर्दै नेता कञ्चनले सो ठोकुवा गरेका हुन्। नेता कञ्चनले आज राष्ट्रको अवस्था दयनीय छ, राष्ट्रको अवस्था जुनप्रकारको दयनीय छ, त्यस्तै खेल र खेलकुद क्षेत्रको अवस्थापनि दयनीय नै देखिन्छ । यो अवस्थालाई बदल्न सवै जुट्नुपर्ने कुरामा जोड दिए । उनले सहि कुरा बोल्दा राज्यले आफ्नो पार्टीमाथि प्रतिवन्ध लादेको र हाल आएर त्यो गलत भएको पुष्टि भएको बताए । उनले भने – “अहिले राज्यसँग ३ बुँदे भएको छ हाम्रो पार्टी त्यसलाई तत्काल लागु गर्नु पर्छ । यदि राज्यले ३ बुँदे कार्यन्वयनमा आलटाल गर्दछ भने त्यसको परिणाम ठिक हुदैन ।”


यसैगरी , नेता कञ्चनले अहिले राष्ट्रघाती एमसिसि परियोजनालाई नेपालमा लागु गरेर स्वाधीनतालाई दाउमा राख्न चाहने दलाल सत्ताधारीहरुलाई त्यस्तो नगर्न चेतावनी दिए । उनले भने – “कुनैपनि हालतमा एमसिसि परियोजना लागु गर्नु हुदैन यसले सिधै अमेरिकालाई वैधानिक प्रवेश गराउने छ, यो सहि छैन । “
सो अन्तरक्रिया कार्याक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा नेपाल गणतान्त्रिक खेलकुद महासंघका फ्रयाक्सन ईन्चार्ज मिलनले अवधारणापत्र पेश गरेका थिए । नेता मिलनले अवधारणापत्र पेश गर्दै राष्ट्रको संङ्कटग्रष्त अवस्था र खेलकुद क्षेत्रले खेल्नुपर्ने भुमिकाको बारेमा चर्चा गरेका थिए । उनले राज्य र खेलकुद क्षेत्रले भोग्नुपरेको समस्याको बारेमा यस्तो संङ्कटग्रष्त अवस्थामा राज्यसत्ता, सरकार, खेलकुद क्षेत्र, खेलाडी, राष्ट्रिय स्वाधीनताबारे के निकाश के हुन सक्ला त ? जसले सिड्डो खेलकुद क्षेत्र र राष्ट्रलाई सहि दिशातर्फ लैजाने भुमिका खेल्न सकोस ! यसमा दुई दृष्टिकोण मुख्य हुन आउछ । एक ः राज्य र खेलकुदको यहि संरचनालाई कायम राखेर सुधार गर्दै जाने । दोश्रो ः राज्य र खेलकुदको यो संरचनालाई वैज्ञानिक ढंगले आमुल परिवर्तन गरेर जाने । यसमा दोश्रो विकल्प सहि भएको कुरा अवधारणापत्रमा उल्लेख गरेका थिए ।


उक्त कार्यक्रममा मन्तव्य राख्नेहरुमा शिव कोईराला उपाध्यक्ष नेपाल खेलकुद परिषद, रमेश पौडेल अध्यक्ष नेपाल खेलकुद महासंघ, गणेश थापा उपाध्यक्ष एसियन फुलबल संघ, रन्जन थापा अध्यक्ष खेलकुद कर्मचारी संघ, कर्मछिरिड्ड सेर्पा अध्यक्ष एन्फालगाएतले आधारपत्रमा आधारित रहेर खेलक्षेत्रको विकाशमा खेल्नुपर्ने भुमिका र राष्ट्रिय स्वाधीनताबारे आफ्नो धारणा व्यक्त गरेका थिए । अन्तरक्रिया कार्यक्रमको अध्यक्षता नेपाल गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय अध्यक्ष जयन्द्रबहादुर चन्दले गरेका थिए भने कार्यक्रमको संचालन संगठनका महासचिव विनोद चन्दले गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु