युएईमा हप्तामा साढे चार दिन काम !

२०७८ मंसिर २२ गते, बुधबार


काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा हप्तामा साढे चार दिन काम गर्ने नियम बनाइएको छ । युएईले यसअघि हप्तामा दुई दिन बिदा दिँदै आएकोमा अब शुक्रवार आधा दिनपछि मात्रै बिदा दिने बताएको हो । यो नियम आगामी जनवरी २ देखि लागू हुनेछ । सबै सङ्घीय सरकारी विभागमा भने जनवरी १ तारिखदेखि नै नयाँ कार्य हप्ता नियम लागू हुने जनाइएको छ । अरू दिनहरूमा बिहान साढे सात बजेदेखि दिउँसो साढे ३ बजेसम्म सरकारी कार्यालयहरू खुल्नेछन् । शुक्रबारको दिन बिहान साढे सात बजेदेखि मध्याह्न १२ बजेसम्म मात्रै कार्यालयहरू खुल्ने त्यहाँको सरकारलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ । शुक्रवार साढे चार घण्टा मात्रै काम गर्नुपर्ने छ । शुक्रवार कर्मचारीहरूलाई घरबाटै काम गर्ने सुविधा वा केही लचिलो पारिएको जनाएको छ ।

प्रतिक्रियाहरु