पुष २६ गते बुटवल बन्द !

२०७८ मंसिर २२ गते, बुधबार


काठमाडौं । चुरे तिनाउ संरक्षण समिति बुटवलले सडक मर्मतसहित पहिरो नियन्त्रणको समुचित व्यवस्थापन र बस्ती सुरक्षित बनाउन माग गर्दै पौष २६ गते बुटवल बन्दको आह्वान गरेको छ । समितिले झुम्सा खानेपानी योजना तुरुन्त सम्पन्न गर्नुपर्ने, ज्यातिनगर, लक्ष्मिनगर पाखापानी वडा नम्वर १, पाखापानी वाड २ र वडा नम्वर ६ को ताइवान टोल माथिको पहिरोको नियन्त्रण गरी बस्तीलाई तत्काल सुरक्षित गनुपर्ने माग राखी दुइ महिने संर्घषका कार्यक्रम सार्वजनिक गरेको हो । मंगलवार नागरिक समाजका अगुवा संस्थाबीच छलफल गरेको समितिले साझ सडक मै पत्रकार सम्मेलन गरेर सो संघर्षका कार्यक्रम सार्बजनिक गरेको हो । पत्रकार सम्मेलनमा कार्यक्रमहरु सार्वजनिक गर्दै समितिका अध्यक्ष कमल गौतमले बुधवार नागरिक समाज तथा सरोकारवाला संघको अगुवाइमा जिल्ला प्रशासन कार्यालय, मुख्यमन्त्रीको कार्यालय र बुटवल उपमहानगरपालिकाको कार्यलयमा समस्या समाधानका लागि ध्यानाकर्षण गराउने बतानुभयो ।त्यस्तै समितिले पौष ३ गते सम्म राजनीतिक दल, विभिन्न संघ, संस्था, नेपाल सरकारका सम्बन्धित कार्यालयहरुमा ज्ञापन पत्र दिने, पौष ४ गते सडक विभागमा धर्ना दिने कार्यक्रम सार्वजनिक गरेको छ । पौष ६ गते खानेपानी संस्थानमा धर्ना दिई पौष ८ गते प्रदेश वन मन्त्रालयमा धर्ना दिने कार्यक्रम समितिले बनाएको छ । समितिले पौष १५ गते नगरपालिकामा धर्ना, पौष १८ गते मुख्यमन्त्रीको कार्यालयमा धर्ना दिनेछ । पौष २३ गते एक घण्टा चक्काजामको कार्यक्रम बनाएको समितिले पौष २५ गते नारासुलुस गर्ने जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार