‘एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद’

२०७८ मंसिर २१ गते, मंगलवार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा मजदुर फ्रयाक्सन ईन्चार्ज मिलनले आफ्नो पार्टीले एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्न चाहेको प्रष्ट पारेका छन । सो पार्टीनिकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ प्रदेश नं. ३ स्तरीय वैठक तथा मजदुर जागरण अभियानको उद्घाटन गर्दै नेता मिलनले सो कुरा प्रष्ट पारेका हुन्। उक्त कार्यक्रमलाई सम्वोधन गर्दै नेता मिलनले भने – “देश निकै संकटग्रस्त अवस्थामा गुर्जिरहेको छ । देशको समसायीक राजनीतिक परिस्थिती जटिल मोडमा छ । जनताको जिवन चौथर्फी कष्टकर बन्दै गएको छ । राष्ट्रीय स्वाधीनतामाथि साम्राज्यवादी हस्तक्षेप बढिरहेको छ । मुल्यवृद्धि चर्को छ, भ्रष्टाचार, कालोबजारी, तस्करी, कमिसनखोर, विचौलियाहरुको विगविगीले गर्दा जनताका दैनिक जिवन निकै कष्टकर बन्दै गैरहेको छ । यस्तो अवस्थामा एकातिर श्रमीकहरुको अधिकार स्थापीत गर्न हामी एकजुट हुन आवश्यक छ भने, अर्कोतिर देशमा हुने राजनीतिक आन्दोलनहरुमा समेत मजदुर संगठनले नजिकबाट सहभागीता जनाउनुपर्ने जिम्मेवारी छ यसलाई पुरागर्न अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले निकै सचेतपूर्वक अघि बढ्नु पर्दछ । “


नेता मिलनले नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्न चाहेको प्रस्त्याउदै यो गर्भिलो यात्रालाई पुरा गर्न सवै लामवन्द्ध हुनु पर्ने बताए । उनले आजको वस्तुनिष्ट र वैज्ञानिक कार्यनीति भनेको जनमत सङ्ग्रह मार्फत वैज्ञानिक समाजवादमा पुग्न जनतामा जानुनै आजको सहि कार्यनीति बनेकोले यो ३ महिने मजदुर जागरण अभियानले मुख्य दुईवटा विषय वैज्ञानिक समाजवादको स्थापना र दोश्रो श्रमीक अधिकारको स्थापनाालाई मुख्य बनाएको र अभियान समाप्त हुनेवेला सम्म ब्यापक संगठन निमार्ण, सदस्यता वितरण र श्रमीकहरुलाई जागरण पैदा गर्ने कुरा बताए ।
वैठक तथा जागरण अभियानमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ केन्द्रीय अध्यक्ष विनोद थापाले हाम्रो संगठनले सहि विचार अघि सारेको र सहि विचार र दृष्टिकोणलाई ब्यापक जनता र श्रमीकहरुलाई एकतावद्ध गर्न कोशेढुड्डा बन्ने बताए । वैठकमा संगठनका केन्द्रीय कोषाध्यक्ष कमरेड ईश्वर बुढाथोकीको समेत उपस्थिती रहेको थियो ।


शहिदहरुप्रति १ मिनेट मौनधारणबाट अघि बढेको प्रदेश ३ को बैठक तथा जागरण अभियानको अध्यक्षता तथा संचालन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ केन्द्रीय उपाध्यक्ष तथा प्रदेश ३ का ईन्चार्ज कमरेड शिसिर थापाले गरेका थिए । वैठकमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य तथा प्रदेश ३ उपत्यका विशेष क्षेत्रका ईन्चार्ज सरोज न्यापानेले अभियानको आचार निर्देशिका बाचन गरेका थिए । वैठक तथा जागरण अभियान प्रदेश अन्तरगतका सवैजिल्लाहरुका उद्योगिक क्षेत्र र प्रतिष्ठान केन्द्रीत हुने बतैएको छ ।
प्रदेश ३ पूर्वि विशेष क्षेत्रमा संगठनका केन्द्रीय सदस्य तथा ईन्चार्ज जित थामी, पश्चिम विशेष क्षेत्रमा केन्द्रीय सदस्य तथा पश्चिम विशेष क्षेत्रका ईन्चार्ज कमरेड राजकुमार मगर, प्रदेश नं. ३ उपत्यका विशेष क्षेत्रमा केन्द्रीय सदस्य तथा ईन्चार्ज सरोज न्यौपाने र पेशागत सघको टोलीमा भिम शर्मा, रामचन्द्र थापा, मोहन घले, लालबहादुर तामाड्ड, जुना दहाल, विशाल सुव्वा, सन्तोष तिवारी, भुवन विसी रहेको टोली निमार्ण भएको छ । सवै जिल्लाहरुमा जिल्ला अध्यक्षको नेतृत्वमा अभियान टोलीको विभाजन गरिएको छ । अभियानमा वालपेन्टिङ, झण्डा ब्यानर टाङ्ने, संगठन विस्तार गर्ने, संगठन विस्तार गर्ने, सदस्यता वितरण गर्ने लगाएतका कर्याक्रमहरु संचालन गर्ने योजना बनेको छ । वैठक तथा श्रमीक जागरण अभियानमा यसक्षेत्रमा कार्यरत केन्द्रीय सदस्यहरु तथा जिल्लाका अध्यक्ष तथा संयोजकहरुको उपस्थिती रहेको थियो ।
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घद्वारा संचालन भएको वैज्ञानिक समाजवाद स्थापना र श्रमीक अधिकारका लागि जागरण अभियान २०७८ को कार्यनिर्देशिका यस प्रकार रहेको छ – “भूमिका : नेपाली मजदुर पुँजीवाद, दलाल पुँजीवाद, निगम पुँजीवादको शोषण, दमन र उत्पीडनको चेपटामा परिरहेका छन् । यी तीनै जनविरोधी शक्ति केन्द्रले नेपालमा औद्योगिकरण हुन नदिएर स्व्तन्त्र ढंगले श्रम शक्ति उत्पादन मूलक काममा लाग्न नदिएर समाज रुपान्तरणमा अवरुद्ध हुन पुग्यो । पुँजीवादले प्रतिस्पर्धात्मक राष्ट्रिय पुँजीवादको विकासको गति पनि अवरुद्ध गर्यो भने दलाल पुँजीवाद र निगम पुँजीवादको एकाधिकार पुँजीवादी चरित्रले राष्ट्रिय पुँजीवादलाई पनि दलाल पुँजीवादको अधिनस्थ बनायो । निगम पुँजीवादले आजको परिवेशमा विकेन्द्रीत उत्पादन र केन्द्रीकृत वितरण प्रणाली बनेको छ । विकेन्द्रीत उत्पादनको अर्थ श्रमिकवर्गलाई एकीकृत हुन नदिनु विकेन्द्रीकत वितरणको अर्थ मुठिभर पुँजीपतिहरुले आफ्नो मुठिभर सिन्डिकेट, कार्टेल र ट्रष्ट मार्फत एकाधिकार कायम गर्नु नै बेरोजगारीे पैदा गर्नु हो । लाखौं लाख बेरोजगारी जनशक्ति कामको खोजीमा विश्वको केन्द्र क्षेत्र, अर्धपृष्ठ क्षेत्र, पृष्ठक्षेत्रमा भौतारिन बाध्यात्मक परिस्थिति भयो । विकासको कलेवरमा रेमिट्यान्सले बनेको अर्थतन्त्रको देश गौरव गरी बस्नु परेको अवस्थामा नेपाली अर्थतन्त्र छ । राष्ट्रिय स्वाधीनताको र वैज्ञानिक समाजवादी व्यवस्थाको आन्दोलनले दलालपुँजीवादलाई परास्त गर्ने र राष्ट्रिय स्वाधीन अर्थतन्त्रको विकास गर्नुपर्छ । यो आजको अनिवार्य आवश्यकता हो । यसै आवश्यकतालाई देशभर श्रमीक बर्गसम्म लैजान र आजको सन्दर्भमा सहि कार्यनीति तय गर्ने र त्यसलाई जनता तथा श्रमीक बर्गसम्म लैजाने र जनतालाई प्रशिक्षीत तुल्याउनु आजको अनिवार्य आवश्यकता हो । यहि परिवेशलाई मध्येनजर गरेर हाम्रो जनप्रीय संगठन अखिल नेपाल क्रान्तिकारी टेड युनियन महासंघ केन्द्रीय समितिले यो वैज्ञानिक समाजवाद स्थापना र श्रमीक अधिकारका लागि जागरण अभियान २०७८ संचालन गर्न लागिरहेको छ ।


नेपाली मजदुर आन्दोलनको चरित्र ः
१. देशभक्त, क्रान्तिकारी र विद्रोही छ ।
पुँजीवादी नेपालको राजनीतिक आन्दोलनको जग मजदुर आन्दोलन हो । त्यसयताका सबै राजनीतिक आन्दोलनमा मजदुर वर्गले अग्रणी भूमिका निर्वाह गरेको छ ।
२. नेपालको मजदुर आन्दोलन कम्युनिस्ट आन्दोलनसँगै अविभाज्य र एकाकार रहँदै आएको छ ।
३. पुँजीवाद, दलालपुँजीवाद र निगमपुँजीवाद विरुद्ध देशभक्त, जनवादी, किसान र अन्य उत्पीडित समुदायसँग नेपाली मजदुर आन्दोलन एकाकार रहँदै आएको छ ।
४ नेपालको मजदुर आन्दोलन अन्तर्राष्ट्रिय मजदुर आन्दोलनबाट प्रभावित र त्यसको अभिन्न अंगका रुपमा विकसित हुँदै आइरहेको छ ।
नेपाली मजदुर आन्दोलनको समस्या ः
१. सबै खाले न्यायपूर्ण आन्दोलनमा मजदुर वर्ग सामेल हुने तर आन्दोलन जहिल्यैै पनि सम्झौतामा टुंगिने गरेको कारण राज्यसत्तामा मजदुर वर्गको स्वामित्व कायम हुन सकेन । नेपाली मजदुर आन्दोलनको यो प्रमुख समस्या हो । यो राजनीतिक नेतृत्वको समस्या हो ।
२. अर्थवाद, ट्रेड युनियनवाद, वर्ग समन्वय तथा राष्ट्रिय आत्मसमर्पणवाद मजदुर आन्दोलन भित्र देखा परेको समस्या हुन् ।
३. मजदुर आन्दोलन सञ्चालनगर्दा एकातिर सम्झौतावादी धार, अर्कोतिर निरपेक्ष संघर्षवादी धार रहने गरेको छ । यसमा सम्झौतावादी, वर्ग समन्वयवादी धारा नै मुख्य समस्या हो ।
४. सांस्कृतिक रुपमा नेपाली क्रान्तिकारी मजदुर आन्दोलन भित्र निम्नपुँजीवादी अधैर्यता, अस्थिरता, गुटवन्दी, निस्क्रियता, शंकावादको समस्या हो ।
समस्याको समाधान ः
१. राज्यसत्ताको मालिकमा मजदुर वर्गलाई पु¥याउने ।
२. सर्वहारा वर्गीय क्रान्तिकारी मजदुर आन्दोलनको विकास गर्ने ।
३. श्रमिकवर्गको विकास भएको छ, जसको चरित्र मध्यमवर्गीय छ । यस वर्गलाई पनि क्रान्तिमा एकीकृत गर्न आवश्यक छ ।
४. बुझाईको स्पष्टता र एकरुपता संगठनमा केन्द्रीकरण, आचरणमा आर्थिक पारदर्शिता कायम गर्ने ।
५. पूर्णकालीन कार्यकर्ताको वृद्धिसँगै व्यवस्थापन गर्ने र जुझारु संगठन निर्माणमा जोड दिने ।
अभियानको नाम ः
“वैज्ञानिक समाजवाद स्थापनाका लागि श्रमिक जागरण अभियान २०७८
अभियानको नारा ः
“दलाल संसदीयव्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवाद स्थापनाका लागि हाम्रो आन्दोलन ।”
संगठन सुदृढीकरण र विस्तारका लागि श्रमिक जागरण अभियान!”
“दलाल संसदीयव्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवाद स्थापनाका लागी हाम्रो आन्दोलन, श्रमिक अधिकार, पूर्ण न्याय र समानताको लागि श्रमिक जागरण अभियान!!”
अभियानको समावधि ः
मङ्सिर ९, ०७८ देखि माघ मसान्तसम्म । (३ महिना)
अभियानको काम ः
०७८ मंसिर ९ गते उद्घाटन ः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयमा अधिकार पत्र पेस गर्ने ।
(क) राजनीतिक वैचारिक काम
१) प्रशिक्षण
२) स्कूलिङ
३) अन्तरक्रिया
४) गोष्ठि
५) प्रकाशन र वितरण
६) दलाल संसदीय व्यवस्थामा टे«ड युनियनवादको भण्डाफोर गर्ने ।
७) पार्टी तथा मजदुर आन्दोलनको कार्यदिशा, कार्ययोजना र तत्कालिक तथा दिर्घकालिक नीति, योजनाबारे प्रश्ट पार्ने ।
ख) संगठन ः
१) सदस्यता वितरण
२) समिति निमार्ण
३) वैठक, भेलाहरुको आयोजना
४) क्रान्तिकारी धु्रविकरण सम्वन्धि कार्य
५) प्रतिष्ठान, तथा पेशा संगठनहरुको दर्ता
(ग) संघर्ष सम्बन्धीकाम ः
१) राजनीतिक संघर्षहरु
२) श्रमीक अधिकार सम्वन्धि
३) जनजीविका बारे
४) राष्ट्रि«यता बारे
५) संयुक्त श्रमीक संघर्ष
कार्यविधि ः
१) क्षेत्राधीकार प्रदेश अन्तरगर्तका उद्योग प्रतिष्ठान
२) अभियान टोली हरेक प्रदेश स्तरमा १, जिल्ला र स्थानीय स्तरमा आवश्यकता अनुशार
२) अभियान केन्द्रीकृत रुपमा संचालन हुने
३) नियमित कार्ययोजना निमार्ण, वैठक, समिक्षा, वस्ने ।
४) सेल्टर स्थान सके कारखाना र श्रमजीवि जनता, समर्थक र शुभचिन्तको घर
५) अभियानको नियमित रिपोटिङ केन्द्रीय कार्यालयम ागर्ने ।
प्रचार प्रसार ः
१) प्रचा वितरण
२) संगठन र संगठनका प्रकाशनहरु ीवतरण
३) भिक्ते लेखन
४) माईकिङ
५) कोणसभा ÷पिडिसभा
६) जनसभा
७) झण्डा, ब्यानर, तुल आदी टास्ने । “

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु