चिसाे र वायु प्रदूषण बढ्दै, सतर्क रहन विज्ञको सुझाव

२०७८ मंसिर २१ गते, मंगलवार


काठमाडौं । नेपालमा पश्चिमी वायुको प्रभावले चिसो बढ्न सक्ने भन्दै सतर्क रहन विज्ञहरूले सचेत गराएका छन् । पश्चिमी वायु मरुभूमिबाट प्रवाह हुने भएकाले पानीको मात्रा कम हुने र धुलोको मात्रा धेरै हुने र वायुले पृथ्वीको सतह नजिकै बसिरहने भएकाले गर्दा चिसो बढ्न सक्ने भन्दै त्यसतर्फ विज्ञहरूले सचेत गराएका हुन् । पश्चिमी वायुका कारण उच्च हिमाली क्षेत्रसहित देशभर हावा प्रवाह सुरु रूपमा हुन नसक्दा यसको सिधा असर जनस्वास्थ्यमा पर्ने भएको भन्दै विज्ञहरूले त्यसतर्फ तयारी थाल्न सरकारलाई सुझाव दिएका हुन् ।
भारतमा हरेक वर्षमा ४ वटा चक्रवातहरू आउने र त्यसको असर नेपालमा पनि पर्ने भएकाले जनताको स्वास्थ्य सुरक्षाका लागि सचेतनासहितको चरणबद्ध तयारी थाल्नुपर्ने जलवायु विज्ञ डा. धर्मराज उप्रेतीकाे सुझाव छ । वायु प्रदूषण बढेको बेला घातक हावाको तह पृथ्वी नजिक हुने भएकाले सो समयमा घरबाहिर ननिस्कन आग्रह गर्दै उनले अत्यधिक वायु प्रदूषण भएमा विद्यालय बन्द गर्नुपर्ने स्थिति आउन सक्नेतर्फ सरोकारवालाहरूलाई सचेत गराएका छन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार