एमसीसी पारित गर्ने बिषयमा सत्तारुढ दलहरु बीच चर्को विवाद !

२०७८ मंसिर २१ गते, मंगलवार

 काठमाडौं ।     प्रधानमन्त्री  शेरवहादुर देउवाले आफु र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले   एमसीसी पारित गराएरै छोड्ने गोप्य पत्र अमेरिकालाई दिएको खुलासा गरेको केहि साता नबित्दै    सरकारले यहि मंगलबार अर्थात मंसिर २८ गते वस्ने संसदको अधिवेशनमा एमसीसी पारीत गर्ने तयारी गरेको भन्दै सडक संघर्ष चर्किएको छ भने    एमसीसी पारित गर्ने बिअशयमा  सत्तारुढ दलभित्रै  चर्को विवाद सृजना भएको  छ ।   यस्तो वेला सरकारले यो सम्झौता संसदवाट अनुमोदन गर्ने तयारी गर्नुलाई थप संकट निम्त्याउन खोजेको    प्रष्ट हुन्छ । यसैक्रममा सोमबार संसदीय सुनुवाइ समितिमा अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीको सुनुवाइका क्रममा सत्तारुढ नेपाली कांग्रेस र सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका नेताले आपसमा एमसीसीका विषयमा विपरीत धारणा राखेका  थिए  । माओवादी केन्द्रका सांसद देव गुरुङले एमसीसी सम्झौता संशोधन बिना पास हुन नसक्ने दावी गरे  भने नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले एमसीसी सम्झौता संसदबाट अनुमोदनमा ढिलाइ गर्न नहुने बताईन  ।  सत्ता गठबन्धन माओवादी  दलका नेता गुरुङले एमसीसी सम्झौता संसदबाट पारित गर्नुपर्ने प्रावधानले शंका उत्पन्न गराएको भन्ने आशंकामा     कांग्रेसका  सांसद भीमसेन दास प्रधानले एमसीसी परियोजना ल्याउँदा नेपालमा अमेरिकी सेना आउँछ भन्नु गलत रहेको  प्रतिक्रिया दिएका थिए  । ‘

संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत श्रीधर खत्रीले एमसीसी समयमै पास नगर्दा नेपाललाई घाटा हुने तर्क गरेका थिए  ।   खत्रीले एमसीसी संसदबाट पारित गर्ने हो वा होइन प्रष्ट जवाफ अमेरिकालाई दिनुपर्ने र एमसीसी संसद्बाट पारित गर्नुपर्ने कुरा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रालयको प्रस्तावमा भएको कुरा बताएका थिए ।

 केहि समय अघि  नेकपाले एमसीसीविरुद्ध राजधानी  मै विशाल जनसभा  गरेर एमसीसी खारेज गर्न माग गरेको थियो  । त्यस पछि पनि निरन्तर नेकपालगायतका राजनीतिक दल र संगठननहरुले एमसीसीको विरुद्धमा कडा आन्दोलन गरिरहेकाले  आफ्नो राजनीतिक अस्तित्व धरापमा पर्ने भएपछी   सत्तारुढ दलमै एमसीसी पास गर्ने बिषयमा   बिबाद   उतपन्न भएको छ  ।   तर पनि संसदवादी दलहरु अमेरिकी दवाबमा एमसीसी पारीत गर्ने दाउमा लागेका छन । त्यसैले  एमसीसीलाई रोक्न नेपाली जनता फेरी एकपटक सडकमा  उत्रनुको बिकल्प छैन  ।

प्रतिक्रियाहरु